वाईसियल सांस्कृतिक विभागले सार्वजनिक ग-यो चुनावी गीत (भिडियो सहित)

आगामी मंसिरमा हुने निर्वाचनको मिति नजिकिदैँ गर्दा दलहरू विभिन्न माध्यमबाट चुनावी प्रचारमा जुटेका छन् । चुनावको प्रचारका का लागि सांगितिक माध्यमलाई पनि दलहरुले चुनावी प्रसार प्रचारका लागि प्रयोग गर्दै आएका छन् । दलहरूले कलाकारहरूमार्फत गीतबाट चुनावी प्रचार गरिरहेका छन् ।


यसैबीच माअ‍ेवादीवादी जिताउनका लागि वाइसीएल नेपालको केन्द्रीय सांस्कृतिक विभागले अहिलेसम्मकै उत्कृष्ट क्रान्तिकारी म्युजिक भिडियो बजारमा ल्याएको छ । “सबैको साथी म पनि माओबादी बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।वाइसीएल सांस्कृतिक बिभाग प्रमुख समेत रहेका नवीन खड्काको लय,शब्द र संगीत रहेको यो गीतमा स्वर भने नवीन खड्का र गायिका सुर्यकुमारी पुनले दिएकी छिन ।भिडियोमा सन्तोष गुरुङ ,नुमा घले र कमला पुन मगरले अभिनय गरेका छन भने कोरियाग्राफ जस्मिन मगरले गरेका छन् ।

यस गीतको भिडियो छायांकन सुरेश श्रेष्ठले गर्नुभएको छ भने भिडियो सम्पादन दिपक बिष्टले गरेका छन । गीतमा माओवादी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण कार्यहरुलाई संगीतमार्फत उजागर गरिएको छ ।रोचक कुरा त के छ भने गीतको अन्त्यमा प्रचण्डले सरकार छोड्दै गर्दाको संबोधनको केही अंश यस गीतको भिडियोले समेटेको छ ।

भिडियो

 

Promise Education Consultancy