ईच्छाकामनामा ३२४ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण

ईच्छाकामना, चितवन,२० कात्तिक । ईच्छाकामनामा एक दिने नि:शुल्क स्वास्थ्य विशिर सम्पन्न भएकोछ । ईच्छाकामना गाउँपालिकाको कार्यालय, नेपाल हृदय रोग निवारण प्रतिष्ठान चितवन शाखा, र लायन्स क्बल अफबागिश्वरी नारायणगढ को संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।


शिविरमा ख्याती प्राप्त युरोपियन, भरतपुर अस्पताल तथा कलेज अफ मेडिकल साईन्सेस(पुरानो मेडिकल कलेज) भरतपुरको वरिष्ठ मुटु रोग विशेषज्ञहरु सहितको टोलीबाट निःशुल्क ब्लड प्रेशर,मधुमेश,(सुगर) परिक्षण तथा मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफि)का साथै मुटु रोग परिक्षण तथा परामर्श दिइएको थियो ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले स्वास्थ्य परिक्षण गराई शिविरको उद्घाटन गर्नुभयो । शिविरमा ३२४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।