प्रचण्डको चार दिन चितवन बासः दुई हजार जना माओवादी केन्द्रमा प्रवेश

चितवन,२० कात्तिक । चितवनमा पछिल्लो चार दिन भित्र दुई हजार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लगातार चार दिनमा दुई हजार जनाले कांग्रेस–राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी चितवले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ चार दिन देखी चितवनमै छन् । उनी चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार समेत हुन ।
कात्तिक १६ गते मनोनयका लागि चितवन आएका प्रचण्ड ४ दिनसम्म चुनाबी प्रचारप्रसारमा व्यस्त रहे । प्रचण्डको उम्मेदवारी पछि राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरे । नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको टिम पनि माओवादी केन्द्र मा प्रवेश गरेको छ ।