गोरखा जिल्लाको बृहत्तर विकास गर्छु : माओवादी वरिष्ठ नेता श्रेष्ठ

 

गोरखा,  २० कार्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले सुलिकोट गाउपालिका -५ मा रहेको चनौटे र लाकुरेबोट जोड्ने पुल निर्माणको लागि आफुले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै पुलको निर्माण कार्य तिब्ररुपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुलिकोट ५ लाकुरीबोटमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै श्रेष्ठले पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कार्वाहीको लागि पहल गर्ने बताउनुभयो । समयमा नै पुल निर्माण नहुदा जनताले दु:ख पाएको बताउदै श्रेष्ठले निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कानुनी प्रक्रियामा गएर निर्माण व्यवसायी र कम्पनी दुबैलाई कार्वाही गर्ने चेतावनीसमेत दिनुभयो ।
पुल निर्माणको बिषयलाई केही व्यक्तिहरुले राजनैतिक बिषय बनाएकोमा दुख व्यक्त गर्दै श्रेष्ठले त्यस्ता व्यक्ति विकास बिरोधि भएको बताउनुभयो ।
पार्टीको जिम्मेवार पदमा रहेको कारण देशभर नै आफ्नो जिम्मेवारी रहेकोले गर्दा नियमित गृह जिल्ला आउन नसकेपनी आफू जन्मेको हुर्केको जिल्लाको विकासको निम्ति निरन्तर कृयाशिल रहेको प्रष्ट पार्नुभयो ।
शिरानचोक गाउँ पालिका वडा नम्बर-८ जौबारिमा घर भएका श्रेष्ठले स्थानीय बिद्यालयबाट एसएलसी पास गर्नु
भएको थियो ।
सुलिकोट गाउँ पालिका -५ मा रहेको जलकन्यादेवी माद्यामिक बिद्यालयको भवन निर्माणकार्य को लागि आफ्नो पहलमा शिक्षा मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराएको बताउदै श्रेष्ठले समग्र गोरखा जिल्लाको बृहत्तर विकासको निम्ति कृयाशिल रहदै आएको र भावि दिनमा पनि कृयाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले देश विकास हुन स्थायी सरकार आवश्यक हुने बताउदै मंसिर १० को चुनाव पछि देशमा बामपंथीहरुको स्थायी सरकार बन्ने पनि उदघोष गर्नुभयो ।
चुनावी सभामा नेकपा एमालेका नेता बिकल कुमार श्रेष्ठ, गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेश सभा सदस्य उम्मेदवार अमर तमु, नेकपा माओवादी केन्द्रका नेता जितबहादुर घले लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
चुनावी सभा हुनु अघि श्रेष्ठले सुलिकोट ५ लाकुरीबोटको गाउँमा घरदैलो गर्नुभएको थियो ।