बाम गठबन्धको एकताले आतंकै आतक छ : प्रचण्ड (भिडियो)

चितवन, २० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाम गठबन्धको एकताले अन्र्तराष्ट्रिय तरंगसगैँ आतकै आतक फैलिएको बताएछन् ।
‘बाम गठबन्धको एकताले अन्र्तराष्ट्रिय तरंग र विपक्षीको दिमाग अहिले सम्म ठेगानमा नआएका छैन् उनले भने । यो बाम गठबन्धनका लागि एभरेज भन्दा बाहिर गएर डियागं हस्ताक्षर गरिदिएपछि राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा तरंग ल्याईदिएको हो ।’
माओवादी केन्द्र चितवनको जिल्ला पार्टी कार्यालय कुष्णपुरमा ओयोजित संयुक्त वामगठबन्धनको जिल्लास्तरीय निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बाम गठबन्धनले राष्ट्रको हित गर्ने बताए ।
‘मैले काग्रेसदेखि वामवन्थी सबैलाई भनेको भनेहिछु, तपाईहरु नआतिनुहोस् उनले भने बाम गठबन्धनले राष्ट्रको हित गर्छ, जनताको हित गर्छ ।’
साथै उनले वागठबन्धनको एकताको कुरा काग्रेसले बुद्धि पुराए विग्रन लागेको काग्रेसलाई सच्चाउदै काग्रेसको पनि हित गर्ने दावी गरे ।
‘अब कम्यूनिष्टहरु एक भए, राम्रो काम गरेनौँ भने जनताले हामीलाई पनि टेरर्दैन्, राम्रो काम गर्न प्रेरित गर्नु भनेको त काग्रेस पनि सचिनु हो ।’
उनले काग्रसले विपी र गणेशमान र गिरिजावावुको आदर्शलाई आत्मसाथ गरेर अगाडी बढ्न आग्रह पनि गरेका थिए ।

 

चितवन क्षेत्र न ३ प्रतिनिधी सभाका उम्मेद्वार समेत रहनुभएका प्रचण्डले सही समयमा कम्युनिष्ट एकताको प्रयास भएको भन्दै आम नागरिकमा खुशियाली छाएको र कही कतै विरोध नभएको वताए । नेपाली जनताले जहिलेपनि कम्युनिष्ट एक हुनुपर्छ भनिरहेको उनको भनाई छ ।
नेपालमा वामपन्थीहरुले समाजवादको नेपाली मोडेल विश्वव्यापी मोडेलको रुपमा विकास हुने समेत दावी उनलेको दावी थियो ।
२० औं शताव्दिका माओ र लेलिनको मोडेलले समेत काम गर्न छोडेको भन्दै नयाँ समाजवादको मोडेल नेपालवाट सुरु हुने प्रचण्डको भनाई छ । गौतम बुद्धले शान्तिको सन्देश दिएको भूमि यही हो, प्रचण्डले भन्नुभयो,हामीले पनि यहि भूमीबाट समाजवादको नयाँ मोडेल दिन सक्छौं ।
वैचारिक ढगंले नयाँ केन्द् बनाएर आफुहरु अगाडी बढी नयाँ आर्थिक क्रान्ति गर्न लागेको समेत उनले बताए ।
कार्तिक १५ गते मनोनयन दर्ताका लागी गृह जिल्लामा आएका प्रचण्ड ५ दिनको वसाईपछि आजै काठमाडौं गएका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड भोलीदेखि पहिलोचरणमा निर्वाचन हुने जिल्लामा बाम गठबन्धनका कार्यक्रमहरुको जिल्लादैडाहा कार्यक्रम छ ।
सोही अवसरमा बोल्दै एमाले नेता सुरेन्द्र पाण्डेले ५ हजार डलर आम्दानी भएको देश बनाउन वामगठबन्धन लागेको बताए ।

 

 

उनले वामगठबन्धका कारण अब मुलुकले समृद्धीको बाटो लिसकेको भन्दै वाम किल्ला चितवन जिल्ला बनाउन कार्यकर्तालाई निर्देशन पनि दिए ।

Promise Education Consultancy