यूनिक युथ क्लवद्धारा रत्ननगर दशका बीस टोललाई एरोबोर्ड वितरण

चितवन, २० कात्तिक । रत्ननगर १० मा रहेको यूनिक युथ क्लवले शनिबार रत्ननगर वडा नम्बर १० का २० वटा टोललाई ३५ वटा एरोबोर्ड वितरण गरेको छ ।
रत्ननगर वडा नं १० का कार्यबाहक अध्यक्ष छन्नु महतोको रोहबरमा सिमाना छुट्याउने सिमेन्टीको एरोर्बोड वितरण गरिएको हो ।
क्लवका अध्यक्ष विकास पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा रत्ननगर १० वडा सदस्य कमल बहादुर घिमिरे,वडा समन्वय समिति रत्ननगर १० का अध्यक्ष ज्ञानेन्द्रराज पाण्डे,संस्थापक वडा अध्यक्ष नारायण महतो,क्लवका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
जहाँ असल युवा त्यहाँ कुशल नेतृत्वभन्ने नारासहित स्थापना गरिएको यूनिक युथ क्लवले सामजिक कार्य अन्र्तगर्त एरोर्बोड वितरण गरिएको क्लवका सचिव सुदिप पाण्डेले जानकारी दिनुभयो ।
क्लवले यसअघि खुल्ला रक्तदान कार्यक्रम,बैरिया मा.वि.लाई डस्बिन वितरण गरेको थियो ।