काँग्रेस बोक्नु सत्यदेवीको लास बोक्नु जस्तोकाँग्रेस बोक्नु सत्यदेवीको लास बोक्नु जस्तो

गोरखा, १९ कातिक  :  बाम गठबन्धनका गोरखा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार हरीराज अधिकारी (क.कुमार) ले काँग्रेसलाई बोकेर हिँड्दा सत्यदेवीको लास बोकेको जस्तो भएको बताउनुभएको छ । सुध्रिन्छ की भनेर कहिले एमाले , कहिले माओवादी मिलेर पालैपालो बोक्दा पनि काँग्रेस सुध्रन नसकेको बताउनुभयो । 

बाम गठनबन्धन गोरखाले ताप्लेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता अधिकारीले भन्नुभयो “ रामायण लेखिए अनुसार महादेवले सत्यवती मरेपछि पनि माया लागेर लास बोकेर हिँडेका थिए, यसरी बोकेर हिँड्ने क्रममा कुहिएर कहिले, हात, कहिले खुट्टा झरिहन्थ्यो, काँग्रेस बोक्दा पनि त्यस्तै भयो । परिवर्तनका पक्षमा कलिकति काम गर्न खोज्यो पछि हटिहाल्ने ”। नयाँ ढंगले काम गर्न काँग्रेसले नमानेको नेता अधिकारीको भनाई छ । काँग्रेसको कुनै पनि अडान नभएको उहाँको भनाई छ ।

शेर बहादुर काँग्रेस सक्न लागि परेको बताउँदै दिल्ली गएर आएपछि संविधान संशोधन प्रस्ताव पेश गरियो पास भएन, फेरी दिल्लीलाई अर्को संशोधन ल्याएर पास गर्ने बचन दिए यसरी काँग्रेस सकिँदै गएको उहाँको भनाई छ । संविधानमा २५ भन्दा बढी मन्त्री बनाउन नपाईने भएपनि ६४ बनाए, किन यस्तो गरेको भनेर सोध्दा अझै थप्छु भन्ने गरेको अधिकारीको भनाई छ ।

काँग्रेसमा असल नेता थोरै मात्रै रहेको बताउँदै अधिकांश भ्रष्टचारी रहेको र काँग्रेसको पेशा नै भ्रष्टचार भएको बताउनुभयो । काँग्रेसलाई एमाले, माओवादी दुवै मिलेर बोक्दा , घिसार्दा समेत सुधारन नसकिएको उहाँको भनाई छ । विकल्प नभएपछि देश र जनतालाई अगाडि बढाउन बाम गठबन्धन बनाई अगाडि बढेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन माओवादीले हार्छ भन्ने थाहा हुँदा हुँदै पनि प्रचण्डले चुनाव गराएको भएपनि अहिले ठूला घटनाहरु गराएर देउवाले  चुनाव टार्न खोजेको अधिकारीले जिकिर थियो ।

काँग्रेसले हार स्वीकार गर्नुको सट्टा विभिन्न बहानामा वातारण विथोल्न तिर लागि पर्न सक्ने उहाँले बताउनुभयोे । कामकाजी सरकारले महत्पूर्ण काम समेत गर्न नसक्ने अवस्थामा कमल थापालाई उप्रधानमन्त्री बनाएर हिजोका पूराना धार सँग सम्झौता गर्न लागेको उहाँको भनाई छ । काँग्रेस यतिबेला अतालिएको बताउँदै प्रदेश नं. ४ को राजधानी विवाद नरहेको उहाँले बताउनुभयो ।

प्रदेशमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसद रहने र यसले ५ वर्ष सम्म सत्ता सञ्चालन गर्नेछ । अवको पाँच वर्ष काँग्रेसको सरकार नबने उहाँको दावी छ । सत्ता नभएको काँग्रेस पानी विनाको माछा जस्तै हुन्छ ।  काँग्रेसको प्रधानमन्त्री, अर्थमन्त्री हुँदा कहिल्यै पनि सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलव भत्ता वृद्धि नभएको दावी गर्दै कम्युनिष्टहरुको सरकारले मात्र जनजीविका सँग सम्बन्धित कार्य गर्न सक्ने अधिकारीको भनाई छ ।

भएको स्थानीय तहको निर्वाचनमा विजयीहुनेहरुले हिजोका प्रधानपञ्च जसरी सत्ता चलाउन खोजेको भन्दै उहाँले भन्नुभयो “ परिवर्तनको प्रत्याभूति दिनका लागि पनि बामगठबन्धनको जीत अनिवार्य छ । ” यो हिजोको जस्तो सदरदर चुनाव होइन, यो ऐतिहासिक चुनाव हो, परिवर्तनका पक्षधर वामशक्तीहरुले जित्नुपर्दछ । काँग्रेसी मित्रहरुले अव काँग्रेसलाई भोट हालेर हुँदैन, नयाँ शक्ति साथिहरुले आफ्नो मत खेर फाल्नुहुँदैन, हाम्रो ठेगाना र परिभाषा बदलिएपनि परिवर्तनको अनुभूति गर्न तमाम जनताले पाएका छैनन्, यसको एउटै कारण हो देशमा कम्युनिष्टहरुको सरकार छैन ।

यसै निर्वाचन क्षेत्रमा उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सदावहार नेतालाई हेर्नुहोस, २५ वर्ष सम्म सत्तामा रहँदा गोरखालाई के दिए ? गोरखा त उहाँको घर आउने जाने बाटो हो , आफ्नै गाउँ आरुघाटको हालत निक्कै दयनिय छ,  उनीहरुबाट तमाम जनताले केही आशा गर्ने ठाउँ छैन । अवको चुनाव शान्ति बाँड्ने, बुथ कब्जा गर्ने सम्भावना पनि छैन । हिजोका जस्तो पञ्चहरु छान्ने चुनाव  यो होइन । जनताका आवश्यकता र समस्याहरु सत्ताको सहयोगमा नीति नियम बनाएर आफूहरुले कार्यन्वयन गर्ने अधिकारीले बताउनुभयो । राज्यसत्ता प्रयोग गरेर जनताको हित गर्ने प्रतिवद्धता नेता अधिकारीले गर्नुभयो ।

यसैगरी निर्वाचन क्षेत्र नं. १ का प्रदेश नं. १ का उम्मेदवार लेख बहादुर थापा –जीवन्त)ले आफूले जितेपनि हारेपनि गोरखा निर्वाचन क्षेत्र नंंं.को विकासका लागि लागि पर्ने बताउनुभयो । आफू चार वर्ष जेल जीवन विताएर बाहिर आएपछि १० वर्ष सम्म जिल्ला विकास समितिको परामर्श समितिमा रहेर काम गरेको र सोहीबाटो बाट विकास अगाडि बढेको बताउनुभयो । हामीहरु लड्दा लड्दै झुक्किएर बाँचेका छौं , नाफाको जिन्दगी राम्रा कामका लागि प्रयोग गर्नुछ हामीलाई विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति सबै पक्षको विकास गरेर यो प्रदेशलाई अगाडि बढाउनु दायित्व रहेको बताउनुभयो ।  नेकपा एमालेका नेता सुरेन्द्र थापाले बामपन्थीलाई  अत्यधिक मत दिएर विजयी गराउनु गोरखावासीको कर्तव्य भएको बताउनुभयो ।