नयाँ शक्ति पार्टी लमजुङका सहसंयोजक पौडेल माओवादी केन्द्रमा प्रवेश

लमजुङ, कार्तिक १९ ।  नयाँ शक्ति पार्टी नेपाल लमजुङका जिल्ला सहसंयोजक नारायणप्रसाद पौडेल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
स्थिर सरकार र मुलुकमा स्थायित्वको लागि कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने धारणाका साथ नयाँ शक्ति पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको पौडेलले बताउनुभयो । संविधान कार्यान्वयन र मुलुकको विकासका लागि सम्पूर्ण वाम शक्ति एक ठाउँमा उभिनुपर्ने उहाँको भनाई छ ।
यसैबीच, नयाँ शक्ति नेपाल पार्टीका प्रवास प्रादेशिक परिषद् सदस्य एवम् दलित शक्ति नेपाल परिषद् सदस्य राजेन्द्र श्रीमल लगायत दुई दर्जन नेता तथा कार्यकर्ता पनि नयाँ शक्ति पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।।
उहाँका अनुसार नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवम् लमजुङका प्रतिनिधिसभाका उम्मेदवार देवप्रसाद गुरुङले नवप्रवेशी नेता तथा कार्यकर्तालाई टिका लगाएर आईतबार पार्टी प्रवेश गराउनुभएको हो ।
Chat Conversation End
Type a message, @name…