सौराहामा नेशनल प्याव्सनको महाधिवेशन सुरु, उपराष्ट्रपति पुनद्धारा व्यवसायिक शिक्षामा लगानी गर्न आग्रह

 

चितवन, १७ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले व्यवसायिक शिक्षामा लगानी गर्न सरकारलाई आग्रह गरेका छन ।
पर्यटकीय नगरी सौराहामा विहीवार देखि सुरु भएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन(नेशनल प्याक्सन) नेपालको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षालाई गतिशिल बनाउनु पर्ने बताए ।
सामुदायिक विद्यालय र निजी विद्यालय बीच ठुलो खडल रहेको भन्दै उपराष्ट्रपति पुनले यो खडल पुर्ने काममा राज्य गम्भीर हुनुपर्ने बताए ।
अभिभावकहरुबाट निजी विद्यालयहरुले लिने शुल्कका विषयमा गुनासो आईरहेको भन्दै उनले शिक्षालाई सुलभ बनाउने तर्फ ध्यान केन्द्रित गर्न निजी विद्यालयका सञ्चालकहरुलाई आग्रह गरे ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले मुलुकको शैक्षिक गुणस्तर बृद्धिको लागि निजी विद्यालयहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले विद्यामान परीक्षामुखी शिक्षालाई परिणाममुखी बनाउन राज्यले अख्तियार गर्नुपर्ने नीति र निजी विद्यालयको भूमिका बारेमा पनि छलफल गर्न महाधिवेशन कोसेढुंगा सावित हुने बताए ।
नेपालको शैक्षिक विकासका लागि निजी विद्यालयलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेशनल प्याक्सनले प्रकाशित गरेको स्मारिका विमोचन गरिनुका साथै नेशनल प्याक्सनका सल्लाहाकारहरुलाई सम्मान गरिएको थियो ।
महाधिवेसनले नीति सहित शशक्त नेतृत्व चयन गर्दै लगानी सुरक्षा गर्ने,संस्थागत प्रतिनिधित्वलाई सबल बनाउने, लागतको आधारमा शुल्क निर्धारण गर्ने,छात्रवृति र बिवेदीकरण व्यवस्थाको खोरेज गर्ने लगायतका विषयमा अन्र्तक्रिया गरिने शाहीलेजानकारी दिए ।
तीन दिन सम्म चल्ने महाधिवेशनले आगामी कार्यकालको लागि नेतृत्व चयन संगै संस्थागत विद्यालयका शैक्षिक सुधार,शुल्क विवाद,नयाँ शिक्षा ऐन तथा संस्थागत संरचनाका विषयमा शिक्षा विद्हरु संग अन्र्तक्रिया गरी निचोड निकालिने नेसनल प्याव्सनका अध्यक्ष कर्ण बहादुर शाहीले बताए ।
अधिवेशनले महासंघको विधान संसोधन गरी प्रदेश समिति समेत चयन गर्ने छ । महाधिबेसनमा मुलुकका २ हजार ५ सय विद्यालयहरुबाट २ हजार प्रचार्य तथा लगानी कर्ताहरुको सहभागिता रहेको महासचिव प्रकास पाण्डेयले जानकारी दिए ।
महासंघको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष पाण्डब हमाल र पूर्व महासचिव ऋतुराज सापकोटाको नाम चर्चामा छ । उद्घाटन कार्यक्रम अध्यक्ष शाहीको अध्यक्षतामा भएको थियो ।