नक्कली फेसबुक बनाउदा प्रहरी फन्दामा

चितवन, १३ कात्तिक । चितवनमा नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने एक व्यक्ति पक्राउमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यले दिएको जानकारी अनुसार सुरज शर्मा नाम राखी नक्कली फेसबुक एकाउण्ट खोली महिलाहरुलाई बदनाम गर्ने उद्देश्यले फोटो तथा मोबाईल नम्बर राखी अश्लिल कार्यको लागि सम्पर्क गर्नु होला भनि लेखी पोष्ट गर्ने गरेको उजुरीको आधारमा एक युवालाई पक्राउ गरेको हो ।
कार्यालयमा लिखित उजुरी पर्न आएकोले सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त कार्य गर्ने जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नं.४ बस्ने छोरा बर्ष २७ को नविन तिमल्सिनालाई पक्राउ गरेको उनले बताए । आरोपिलाई सार्वजनिक (अपराध र सजाँय) ऐन २०२७ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको चितवन प्रहरीले जनाएको छ ।