चितवनमा नै बन्छ आमसंचार प्रशिक्षण प्रतिष्ठान

चितवन, ११ कात्तिक । नेपाल पत्रकार महासंधका अध्यक्ष गोविन्द आचार्यले चितवनमा राष्ट्रिय आमसंचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्ने बतउनुभयको छ । पत्रकार महासंघ चितवन शाखाले शनिबार भरतपुरमा आयोजना गरेको भेटधाट कार्यक्रममा आचार्यले देशकै मध्यभागमा अवस्थित चितवनमा प्रतिष्ठान स्थापना को लागी महासंघले निर्णय गरिसकेको बताए ।
चितवनमा आमसंचार प्रतिष्ठान निर्माणका लागि सरकारले करिब दुई विगाहा जग्गा उपलब्ध गराउनुपर्ने बताउदै त्यसका लागि संबन्धित निकायहरूसंग छलफल अगाडी बढाउन पत्रकार महासंध चशाखा र पत्रकारहरूलाई आग्रह गरे ।
प्रतिष्ठान निर्माणका लागि सरकारले वजेट विनियोजन गरिसकेको बताउदै जग्गा प्राप्त हुना साथ निर्माण कार्य सुरू हुने समेत बताए ।
आचार्यले आसन्न संघ र प्रदेश सभा निर्वाचनमा संमेमित भएर रिपोटिङ्ग गर्न आग्रह गर्दै आचारसंहिता पालना गर्दै निर्वाचन आचार सहिता उल्लंघनगर्न नदिन सबन्धित सबै निकायलाइ खबरदारी गर्न आग्रह गरे ।
पत्रकारहरूको क्षेमता अभिबृद्धी, श्रमजिवि पत्रकार ऐन कार्यान्वयन र पत्रकारमहासंधका सदस्यहरूको शुद्धिकरण महासघको प्राथमिकतारहेको बताउदै यस अभियानमा सहयोग गर्न सम्पूर्ण पत्रकारहरूलाइ आग्रह गरे ।
शाखा उपाध्यक्ष शान्ता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष गोबिन्द आचार्य, प्रेस काउन्सिलकी सदस्य संगिता भट्टराई, प्रेस काउन्सिलका बरिस््ष्ठ अधिकृत मानशिह थापा, पत्रकार महसंघ धादिङ्गका अध्यक्ष नवराज छतकुलीलाई सम्मान गरिएको थियो ।