२० लाख कित्ता साधारण शेयर (आइपीओ) आउँदै

काठमाडौं, कात्तिक ६ । पाँचथर पावर कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर प्रोजेक्टले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो ।

पाँचथर पावर कम्पनीले निर्माण गर्न लागेको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको शेयर विक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल नियुक्त गरेको छ ।

नियुक्तिसँगै जलविद्युत् आयोजनाले निष्कासनको तयारी गरेको २० लाख कित्ता साधारण शेयरको निष्कासन तथा विक्री प्रबन्धकको कार्य सानिमा क्यापिटलले गर्ने बताइएको छ ।

बुधवार आयोजित एक कार्यक्रमबीच सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशी तथा पाँचथर पावर कम्पनीका प्रबन्ध सञ्चालक पुष्पज्योति ढुङ्गानाले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।