चितवन युवा समुहमा फेरि अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति

चितवन, २ कात्तिक । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलनले मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति सर्बसम्मत चयन गरेको छ ।

बुधबारदेखि चितवनमा शुरु भएको सम्मेलनले बरिष्ठ उपाध्यक्षमा बुद्धिराज अर्याल, द्धितिय उपाध्यक्षमा मनोज अर्याल र महिला उपाध्यक्षमा कविता ढकाल चयन हुनुभएको छ ।

यस्तै महासचिवमा रामबाबु थापा, सचिवमा गणेश ढकाल तथा कोषाध्यक्षमा सीता ढकाल चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विदेशमा बस्ने चितवनेहरुलाई एकीकृत गरी आर्जन गरेको श्रम, शिप र पूँजिलाई नेपालको विकासमा प्रयोग गर्न आगामी दिनमा समिति सक्रिय हुने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाउनुभयो ।

विश्व सम्मेलनले प्रवास संयोजकमा समिर केसी, प्रवास महिला संयोजकमा शान्ता ज्ञवाली, क्षेत्रीय संयोजकतर्फ गल्फ संयोजकमा श्याम थापा, मध्यपुर्व संयोजकमा गौरी सुवेदी तथा एसिया प्यासफिक संयोजकमा मुक्तिराम खरेल चयन हुनुभएको नव निर्वाचित प्रवास संयोजक केसीले जानकारी दिनुभयो ।

बुधबारदेखि शुरु भएको सम्मेलनको वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
हाल कतार, ईजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुवेत, साईप्रस, बहराईन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवनेहरु संस्थामा आबद्ध छन् । पाँचवटा देश सहभागी हुने क्रममा रहेको बताईएको छ ।