प्रचण्ड-ओली एकताले हामिलार्इ कहाँ पुराउला ?

अनन्तप्रकाश सुवेदी

दश वर्ष जनयुद्ध गरेकाे शक्ति र झापा अान्दाेलनबाट अाफुलार्इ बाम अान्दाेलनमा स्थापित गरेकाे शक्ति एक हुने तयरीमा छ । सँगसगै अन्य समुह पनि यस अभियानमा समाहित हुँदैछन् । तर दुवै समुह पटक पटक टुट फुट र एकता बिच गुज्रिरहेकाले याे कत्तिकाे दिगाे हाेला भन्नेमा सबैकाे ध्यान गएकाे छ । बिचमा एक अर्का दुश्मन शक्तिकाे रुपमा पनि अाम जनता बिच चिनिएकाले धेरैले याे एकतालार्इ विश्वास गरेका पनि छैनन् । स्वयं दुइ पार्टी भित्रका कार्यकर्ताहरु पनि याे पछिल्लाे गतिबिधि लार्इ श‌ंकाकाे रुपमा लिदैछन् । यसकाे परिणाम स्वरुप पछिल्लाे समयमा निर्वाचनमा उम्मेदवारीमा एक अर्कालार्इ तल कसरी पार्ने कसरतमा लागेकाे पाइन्छ त्यसकाे फाइदा केही हदसम्म नेपाली काँग्रेसले पाउने निश्चित देखिन्छ ।
हिजाे सिपि गजुरेललार्इ अल्लि अति नै पेलेकाे भएर हाेला सायद माअाेवादी केन्द्र र प्रचण्डकाे नाम सुनेसि ३ हात पर भाग्छन् । वाम एकतामा अाउन उनलार्इ कुनै वाद भन्दा पनि त्यही डरले टाढा राखेकाे हुनुपर्छ र त्यसलार्इ माेहन वैद्य कमरेडले साथ दिएका छन् । उता विप्लव छन् जसलार्इ धेरै अाश्वासन दिइएकाे थियाे भन्छन् तर त्याे कुनै पनि पुरा नभएकाले उनि पनि माअाेवादी केन्द्रबाट टाढा हुने बाहना खाेज्दै थिए र उनले जनयुद्ध फेरी सुरु गर्ने लेगेसिका साथ माअाेवादी केन्द्रबाट टाढिए ।
दुइ समुहमा अहिले कसले पहिला जनयुद्ध सुरु गर्छ हेर्न बाँकि छ । विद्राेह जनताकाे अधिकार भएकाले यसलार्इ गलत भन्न त सकिन्न तर जनताकाे अधिकार मात्र हैन दायित्व पनि हुन्छ भन्ने नेताले साेच्नुपर्छ ।
यसबिच विभिन्न कमरेडहरुले प्रचण्डसँग विभिन्न बाहानामा दुरी बनाएका छन् र त्यसकाे पछिल्लाे कडिकाे रुपमा लाेकेन्द्र विष्ट मगर उभिएका छन् । राजनिति स्वयंसेवा हाे तर अस्ठायी चाहीँ हाेइन । सकृयतामा तल माथी मात्र हाे । उनले जे बाहना बनाएर टाढीए पनि बाम एकताकाे विराेधि भएर उनि टाढीएकाे धेरैकाे बुझाइ हाेला । तर म याे मान्न तयार छैन । मात्र यस सम्बन्धमा यथेष्ठ छलफल नभएका कारण उनिमा शंका उत्पन्न भयाे हाेला । जाे जाहज पनि छ ।
पछिल्लाे चरणमा बाबुरामका विरुद्ध नारायणकाजिका भिडाउने, बादललार्इ चिडाउने, उता माेहनबिक्रमलार्इ पनि गिजाउन नछाड्ने, माधव नेपाललार्इ पुलपुलाउने कमिटिगत यथेष्ट छलफल नहुनुले लाेकेन्द्र बिष्ट मगरकाे मार्गमा अरु पनि लाग्लान भन्नेमा कुनै श‌ंका नगराै‌ । माअाेवादी केन्द्रमा पहिलाे चरणमा देखिएका छ तर नेतृत्वमा अझै पनि त्यति धेरै शंका माअाेवादी केन्द्रका कार्यकर्ताकाे छैन किनकि याे एकल नेतृत्वमा अघि बढीरहेकाे छ । तर एमालेमा बहु नेतृत्व हावि छ । त्यहाँ पहिराे गयाे भने बाम एकता हासाे मजाककाे विषय बन्ने छ । त्यसकारण मुलत: दुइ पार्ट माअाेवादी केन्द्र र एमालेका वर्तमान् नेतृत्वले सबै काम जिम्मेवारपूर्ण र न्यायपूर्ण अगाडि बढाअाेस् ।
 
कसैले बाटाे बिगार्याे भने समयले उसका पाठ पढाउन सक्छ र पुन: त्याे समुह बाम अान्दाेलनमा समाहित हुन सक्ला तर कार्यकर्ता निराश भएमा र निष्कृयतामा फसे भने त्यसलार्इ पुन: अान्दाेलनमा समाहित गर्न निकै पापड पेल्नु पर्छ जुन धेरै असजिलाे काम हाेला सायद । त्यसैले काखा पाखाकाे रणनीतिमा अघि बढ्ने, छलफल बिना अघि बढ्ने, छाेरी पिटेर बुहारी तर्साउने, वैज्ञानिक धरातल बिना हावामा अघि बढ्न थालियाे भने अाशा गरेकाे परिणाम हात पक्कै नलाग्ला ।
फेरी गजुरेल प्रवृत्ति माैलाउन नदिन लेनिनवादी स‌ंगठनकाे मान्यतालार्इ भत्कन नदिर्इ मार्क्सवादमा टेकेर अाफ्नाे कार्यनिति र रणनिति चाडाे भन्दा चाडाे स्पष्ट पार्न जरुरत छ । वाम अान्दाेलनमा समाहित हुन इच्छा जाहेर गरेका विभिन्न शक्ति समुहलार्इ अनावश्यक चिढाउन जरुरत पनि छैन । नीतिमा स्पष्ट भएर अघि बढ्ने र समाजवाद प्राप्तिकाे सामान उध्येश्य लिइएकाे हाे भने अन्य कुरा गाैण हुन् ।
कसैकाे इगाे वाम एकताकाे तगाराे नहाेस् तर वाम एकता एकाध जनाकाे मागि खाने भाडाेमा पनि नहाेस् । त्यसका लागि ००६ साल देखिन् यहाँ सम्म बाम अान्दाेलन ल्याउन कसरत के के भयाे सबै जानकार भएका अनुभवि व्यक्तित्व नै अान्दाेलनकाे नेतृत्वमा रहनुभएकाे छ । नेतृत्वले कुनै बेला तात्कालिन अवस्ठामा अप्रिय निर्णय पनि लिन पर्छ तर त्यसलार्इ पुष्टि इतिहासले पनि गर्नुपर्ला । अधिकांश कार्यकर्ताले नेतृत्वलार्इ अविश्वास गरेका छैनन् । नेतृत्वले अादेश दिएमा अाफ्नै कन्चटमा बन्दुक पड्काउन पनि तयारा कार्यकर्ता दुबै समुहमा छन् । तर दुइ समुह एकता हुँदै गर्दा अन्य समुह र प्रवृत्तिलार्इ वाम एकताकाे महाअभियानमा समेट्न ठुलाे छाति बनाउन माथिकाे नेतृत्व र तलका कार्यकर्ताहरु सबैकाे उत्तिनै दायित्व रहन्छ । यसतर्फ ध्यान दिअाै‌ं । जय नेपाल । जय बाम एकता ।
लाल सलाम ।।
केन्द्रिय महाधिवेशन अायाेजक समिति सदस्य
(नेकपा माअाेवादी केन्द्र)