एनआरएनएको ८औं विश्व सम्मेलन आजदेखि काठमाडौमा सुरु हुदैँ

काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौं महाधिवेशन तथा विश्व सम्मेलन आज (शनिबार)काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोश्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ । सम्मेलनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।अध्यक्षका लागि भवन भट्ट, जमुना घले र टिबी कार्कीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । चारदिनसम्म चल्ने महाधिवेशनमा संघको भिजन २०२०, भूकम्प पछिको पुनर्निर्माण, गैरआवासय नेपालीको लगानी लगायत विषयमा छलफल हुनेछ ।नयाँ नेतृत्वका लागि भने सोमबार मतदान गर्ने कार्यक्रम रहेको गैरआवासय नेपाली संघले जनाएको छ ।

आगामी नेतृत्वका लागी अष्ट्रेलिया निवाशी जमुना घले र निवर्तमान कोषाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।