भलिवल प्रतियोगिता हुने

चितवन, २५ असोज । भतरपुर महानगर १३ चम्पानगरमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय हिमाल युवा क्लबले दोश्रो वातावरण मैत्री राइनोकप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बुधबार चम्पानगर स्थित लेक ट्वान्टी थाउजेण्ड हावेली रिर्सोटमा पत्रकार सम्मेलन गरी जानकारी दिएकोे छ ।

असोज २६ गते विहीबार देखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा जिल्लाका कुल १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष केशव देवकोटाले बताए । खेल हिमालय दण्डपाणी मावि चम्पानगरमा आयोजना हुनेछ । अघिल्लो वर्ष पनि यस क्लवले भलिवल प्रतियोगिता आयोजना गरेको थियो । ‘प्रगतिको लागि युवा शक्ति ,खेल बिकासको लागि युवा शक्ति’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा बिजेता हुने टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप बिजेता टिमले नगद ३० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने र सान्त्वना हुने दुईवटा टिमले नगद १० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष देवकोटाले बताए ।

खेल सम्पन्न गर्न करिब ८ लाख २० हजारको लाग्ने अनुमान आयोजकले गरेको छ । क्लवका सल्लाहकार खिलाराज रेग्मी, खेल संयोजक रामहरि ढकाल, प्रचारप्रसार संयोजक विवेक पोख्रेललगायतले खेलको विषयमा जानकारी गराएका थिए ।