जिसस चितवनको प्रमुखमा एमालेका कृष्ण कुमार डल्लाकोटी विजयी

चितवन , २५ असोज। जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा ११ मतका साथ नेपाली काग्रेसका भरत अधिकारीलाई पराजित गरेका हुन् ।

उनका प्रतिद्धन्धी अधिकारीले ३ मत ल्याएका थिए । त्यस्तै उप प्रमुखमा पनि नेकपा एमाले कै मुना कुमारी श्रेष्ठ बिजयी भएकी छन् । नेपाली काग्रेसकी टिका दाहाललाई पराजित गर्दै श्रेष्ठ बिजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् । जिससको ९ सदस्यीय समितीमा निर्वा्चित सबै नेकपा एमाले प्यानलका रहेका छन् । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा चितवनको ७ वटा तहको प्रमुख ,उप प्रमुख मध्ये ९ जना एमालेका तर्फबाट बिजयी भएका थिए भने नेपाली काग्र्रेसका ३ जना र माओवादी केन्द्रका २ जना बिजयी भएका थिए ।

माओवादी केन्द्रका २ जना मेयरले जिससको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेका थिए ।