प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्ना गुरुबाट लगाए टीका

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।