नेकपा एमालेको यस्तो निश्कर्ष: २ नम्बर प्रदेशको चुनावमा सत्ताको दुरुपयोग

काठमाडौं,८ असोज । नेकपा एमालेले प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुले आचार संहिता विपरितका क्रियाकलाप गरेको र  सत्ताको चरम दुरुपयोग र धनपैसाको प्रयोग भएको  आरोप लगाएको छ । यस्ता प्रतिकूलताका बीचमा पनि एमालेले प्राप्त गरेको मतले नेपाली जनता, विशेषतः तराई–मधेशका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको एमालेको निश्कर्ष छ ।

एमालेको तेस्रो चरणमा अप्रत्यासित नतिजा आउनुमा सत्ताको चरम दुरुपयोग र धनपैसाको प्रयोग भएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतवार सम्पन्न केन्द्रीय समितिको बैठकले १४ बुँदे प्रस्ताव पारित गर्दै सत्तारुढ दलको आलोचना गरेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अनेकौं प्रतिकूलताका बीचमा पनि स्थानीय तहको निर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित हुनु गर्वको विषय भएको बताएका थिए ।

‘राष्ट्रियता र राष्ट्रिय हितको रक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकता, संविधानको रक्षा र कार्यान्वयन, सामाजिक आर्थिक रुपान्तरण र समृद्धिका लागि केन्द्र र सबै प्रदेशहरुमा नेकपा ९एमाले०को बहुमतको सरकार अपरिहार्य भएकाले एकतावद्ध र सक्रियताकासाथ निर्वाचनको तयारीमा जुट्न अध्यक्ष ओलीले आह्वान गरेको छ । ’ बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।