सिम्रिकको हवाई यात्रामा चितवनमा ८ सय ५० छुट

कियाको शोरुम चितवनमा चितवनमा सिम्रिकको हवाई यात्रामा ८ सय ५० छुट
चितवन, ५ असोज । चितवनमा नेपालीहरुको महान् चाड वडा दशैलाई लक्षित गरि हवाई यात्रमा भारि छुट गरिएको छ ।
चितवनमा गएको चैत देखि हवाई यात्र सुरु गरेको सिम्रिक एयरले ८ सय ५० रुपैयाँ घटाएको हो ।
जसका कारण मुग्लिन नारायणगढ सडका कारण हवाई यात्र गरेका यात्रुहरुलाई भने यो छुटले विशेष राहत प्रदान महसुस गरेका छन् ।
सिम्रिक एयरले दशैं अफर योजना अन्र्तगत भरतपुर–काठमाडौंको एकतर्फी उडान भाडा घटाएको सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले जानकारी दिए ।


यसअघि ३४ सय ५० रुपैंया पर्दै आएको ८ सय ५० रुपैयाँ घटेपछि अब नयाँ भाडा २६ सय ५० मा भएको उनले बताए । भरतपुर–काठमाडौंको उडानमा यो योजना असोज १ गतेदेखी १४ गतेसम्म मात्र लागु हने उनले बताए ।
काठमाण्डौवाट भरतपुर आउने भाडा भने पुरानै कायम भएको उनले बताए । सिम्रिकको १८ सिटको जाहाजले दैनिक भरतपुर–काठमाडौं उडान भर्दै आएको छ ।
चितवनमा पर्यटन प्रर्वद्धन र मुग्लिन सडकको असर परेपछि चैत देखि यहाँ दैनिक उडान भरेको आगामी अक्टोवर १५ देखी दैनिक थप १ उडान हुने जानकारी गराए । सिम्रिक एयरमा यात्रुहरुको चाप बढेपछि ग्राहकवर्गहरुको चाहाना अनुसार उडान थप गर्ने योजन बनेको उनले बताए ।
पछिल्लो पटक नारायणगढ–मुग्लिन सडक खण्डको समस्याले गर्दा हवाई उडान गर्नेको संख्यामा झण्डै ५० प्रतिशतले वृद्धि भएको भरतपुर विमानस्ल जनाएको छ । सिम्रिकको उडान चितवनमा आएसगै टिकट नपाउने समस्या हटेको यात्रुहरुको भनाई छ ।
चितवनमा अहिले मासिक १६ हजार यात्रु हवाइ मार्ग प्रयोग गरिरहेका भरतपुर विमानस्थलले जनाएको छ । यसअघि मैद्यौलीमा रहेको विमानस्थल चलाए पनि त्यहा मात्रै चाटर उडान हुने गर्दछ ।