नेकपा नवलपरासीका जिल्ला सेक्रेटरी पक्राउ

नवलपरासी,३१ भदौ ।नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिङ राना मगर (मंगलसेन) लाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनलाई देवचुली नगरपालिकामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।