आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईदैँ

काठमाडौं, २९ भदौ । आज राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।बालमैत्री शासन, बालअधिकारको सम्मान भन्ने सन्देशका साथ मनाउन लागिएको दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् ।

सरकारले भदौ २९ गतेलाई बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।हरेक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।उनीहरुका अनुसार, काठमाडौंमा रहेका सडक बालबालिकाको अवस्था पनि उस्तै छ ।

काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ ।