नेपालमा बर्मेली शरणार्थी थपिए

काठमाडौं, २६ भदौ । कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ( ‘आफ्नो देश फर्कन पाऊँ ।ु तर, म्यानमार ९बर्मा०मा हरेक दिन हिंसा बढ्दो छ । रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन् । त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ । ‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिएु, चार वर्षयता शिविरमा बस्दै आएका शरणार्थी रफिक आलम भन्छन् । तर, संयुक्त राष्ट्रसंघीय निकाय यूएनएचसीआरको रेकर्डले भन्छ, ‘बर्मामा हिंसा बढेपछि तत्काल कुनै पनि शरणार्थी नेपाल आएका छैनन् ।

४० दिनअघि नेपाल आएका शरणार्थी सइदुला मिन बोल्दा(बोल्दै भक्कानिए । उनी सबै आफन्त उतै छाडेर नेपाल आएका हुन् । घरभित्रै थुनिएका थिए, वृद्ध बुबाआमा । परिवारका सम्पूर्ण सदस्य थुनिएर भित्रै जले । उनी भने भाग्न सफल भए । म्यानमारबाट पानीमा पौडिएर बंगलादेश पुगे । अहिले उनी नेपालको शिविरमा दिनभर टोलाएर बस्छन् । अर्का शरणार्थी अबुथ कर भन्छन्, ‘हामीले खाइरहेको बेला उनी आउँछन् । खान दिए अलिकति खान्छन् । नभए भोकै बस्छन् ।
आइतबार शिविरमा भेटिएका उनीहरूले शरीरमा भएका गोलीका दाग देखाउन थाले । सिमानामा उनीहरूलाई गोली दागियो । कति त त्यहीं ढले । दाग कसैको हातमा छ कसैको पेटमा । आजको अन्नपुर्णपोगटमा खबर छ ।