सहकारी प्रति जनताको आश र भरोसा बढेको छ:मेयर दाहाल

आशिष उप्रेती,
चितवन,२४ भदौ। हंस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आज १४ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सहकारी प्रति जनताको आश र भरोसा बढेको बताउनुभयो । सहकारीबाट कुनै पनि जनताहरु बन्चित हुन नपरेको बताउनुभयो । अहिलेको अवस्थामा चितवनमा यस सहकारीमा जनताहरुको भरोसाहरु झन बढ्दै गएको बताउदै उहाले देशमा सबै सहकारीहरुबाट ६० हजार जनताले रोजगार पाएको समेत बताउनुभयो । यस सहकारीले समाजमा उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यहरुमा र दैविक प्रकोप जस्ता कार्यहरुमा सक्रिय ढंगले लागेको बताउनुभयो । उहाले भरतपुर महानगरपालिकाले सबै सहकारीहरुलाई सहयोग र सहकार्य गरी निति, निर्माण तर्जु गरेर सहकारीलाई ब्यबस्थित तरीकाले लैजान सहयोग गर्ने बताउनुभयो ।
जिल्ला सहकारी निरिक्षक राम बाबु पौडेलले सहकारीहरुले सरकारको नियम अनुशार पालना गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाले यस सहकारीले आफ्नो कार्यक्षेत्र वरीपरीमा आई पर्ने दैविक प्रकोप जस्ता विपदका घडिहरुमा परिचालित भएर आफ्नो कार्यक्रमहरु सन्चालन गर्नुपर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका ३ नम्बर वडाका वडाध्यक्ष चन्द्र मित्र पण्डितले अब सबैले एक ब्यक्ति एक सहकारीको सदस्य लिनुपर्ने बताउनुभयो ।
सहकारीले हाल १० प्रकारका बचत कार्यक्रम सञ्चालन गरेको छ भने ८ प्रकारका ऋण प्रवाह गर्दै आएको छ । सहकारीको कुल आय ६ करोड १९ लाख २१ हजार, कुल व्यय ४ करोड ८५ लाख ७१ हजार रहेको छ भने नाफा १ करोड ३३ लाख ५० हजार रहेको बार्षिक प्रगती प्रतिवेदनमा समावेश गरीएको छ ।
१ सय ५१ जना सदस्यबाट सुरु गरिएको यो सहकारीमा हाल २६ सय ७९ जना शेयर सदस्य रहेका छन् । २०५६ साल चैत्र २० गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा दर्ता नं १४९ मा दर्ता भई वि.सं २०६७ साल देखि संस्था सन्चालन गरिएको हो । नारायणगढको शहिदचोकमा सहकारीको मुख्यालय रहेको छ भने सो सहकारीको सेवा केन्द्रहरु टाडि र विजयनगरमा समेत रहेको छ । कार्यक्रममा सहकारी संस्थाका समस्या, सहकारीको महत्व, सहकारी बिचको अन्तक्र्रिया लगायतका विषयमा छलफल गरिएको थियो । सो कार्यक्रममा चितवन उधोग वाणिज्य संघका उपाध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिकाका १ नम्बर वडाका वडाध्यक्ष जयराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपक थापा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।