हेलिकप्टर मार्फत दुई गर्भवती उद्धार

गोरखा, १३ भदौ । गोरखाको धार्चे गाउँपालिका ६ काशिगाँउका दुई जना गभवतीको हेलिकप्टरबाट आज बिहान उद्दार गरिएको छ। उद्धार गरिएका दुई गर्भवती महिलालाई काठमाडौं ल्याइएको छ।

३५ बर्षकि माइली गुरुङ र २६ बर्षकि चेतकुमारी गुरुङको सिम्रीक एअरको हेलिकप्टरबाट उद्धार गरिएको हो। चेतकुमारीको अत्याधिक रत्तश्राप भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाको समन्वयमा हेलिकप्टरबाट उनिहरुको उद्दार गरिएको हो। हेलिकप्टर भाडा क्षेत्रीय स्वास्थ निर्देशनालय पोखराबाट तिर्ने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका हेल्थ असिस्टेन्ट नानीबाबु दानिले जानकारी दिए।