प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मात्रै देशलाई स्थीरता दिन्छ :प्रचण्ड

सुर्खेत,९ भदौ ।पूर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिते मात्र देशमा राजनीतिक स्थीरता दिने बताउनु भएकाे छ।
माअाेवादी केन्द्र प्रदेश नं. ६ काे प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत अाउनुभएका प्रचण्डले पत्रकार भेटघाटमा बाेल्दै माअाेवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि अभियान चलाउने बताउनु भयाे। पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले माअाेवादी केन्द्रले अब हार्ने ठाउँ नभएकाे बताउनु भयाे। प्रचण्डले भन्नुभयाे, जति हारियाे, हारियाे, अब माअाेवादी यहाँभन्दा तल जाने ठाउँ छैन। माअाेवादी एकता र ध्रुवीकरणकाे प्रक्रियामा छ। हेर्दै जानुहाेला, अब माअाेवादीले जित्दै जान्छ। संविधान संशाेधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशाेधनकाे प्रस्ताव नलगिने बताउनु भयाे। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशाेधनकाे प्रस्ताव लगिने भन्ने भनाईप्रति ईङ्गित गर्दै प्रचण्डले भन्नुभयाे, भर्खरै संविधान संशाेधन विधेयक संसदबाट फेल भएकाे छ। अब तत्काल संविधान संशाेधन हुँदैन। संविधान संशाेधन नेपालकाे अान्तरिक विषय हाे। यसबारे अरु कसैसँग कुरा गर्न अावश्यक पनि छैन।