ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

चितवन ,भदौ ८ । भारतीय ग्याँस तथा तेल राज्यमन्त्री धर्मेन्द्र देवेन्द्र प्रधानले भारतले नेपालको चितवनसम्म ग्याँस र तेल आपूर्ती गर्ने पाइपलाइन तोकिएको समयमै बनाउने प्रतिबद्धता जनाएका छन्।

होटल ताज महलमा बुधबार आयोजित ‘नेपाल–भारत व्यापार मञ्च’ कार्यक्रममा उनले अमलेखगन्ज आइपुग्ने पाइपलाईनलाई चितवनसम्मै विस्तार गरिने जनाएका हुन्।

भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिस्तार गर्न लागिएको पाइपलाइनलाई चितवनसम्म बिस्तार गर्ने बारेमा भारतले योजना बनाएकोे मन्त्री प्रधानले बताए।

नेपाललाई चाहिने जति प्राकृतिक ग्याँस, एलपी ग्याँस र शुद्ध तेल उपलब्ध गराउन भारत सदासर्वदा तयार रहेको उनले प्रष्ट्याए।

‘पाइपलाइन विस्तार मात्र गर्ने होइन, नेपालमा १ सय वटा पेट्रोलपम्प खोल्ने योजनामा हामी छौं, जसबाट नेपालका १२ सय युवाले रोजगारी पाउने छन’, उनले भने।

मन्त्री प्रधानले गोरखपुरसम्म विस्तार भइरहेको ग्याँस तथा तेलको पाइपलाइन नेपालको सुनौलीसम्म जोड्ने भारतीय योजना रहेको पनि सुनाए। नेपालसँग मिलेर नै भारतले उर्जामा लगानी गर्न चाहेको उनले बताए।

नेपाली व्यवसायीको लगानीका बुलेटलाई भारत प्रवेशमा लगाइरहेको प्रतिबन्धको सन्दर्भमा मन्त्री प्रधानले यस्तो धारणा व्यक्त गरेका छन्।