माओवादी केन्द्रद्वारा बाढी पीडितलाई ३५ लाख सहयोग

काठमाडौं, ७  भदौ ।   नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहतस्वरुप झण्डै ३५ लाख सहयोग गरेको छ । बुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन।
बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलब दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका माोवादी केन्द्रले जानकारी जनाएको छ। माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले भने मन्त्रीपरिषदको निर्णय अनुसार नै राहत रकम उपलब्ध गराउने छ ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको तलव अलग्गै दिने भएकाले यसमा नजोडिएको माओवादी केन्द्रले जनाएको छ ।