मनकामना अस्पतालद्धारा २ सय १२ जनाको निशुल्क स्वास्थ्य परिक्षण

चितवन १ भदौ , भरतपुरमा रहेको मनकामना अस्पतालले आज ओपिडि सेवा निःशुल्क गरेको छ । अस्पताल नयाँ व्यवस्थापनमा संचालन भएको पहिलो वर्ष पूरा गरेको अवसरमा प्रत्येक महिनाको १ गते ओपिडि सेवा निःशुल्क गर्दै आएको सो अस्पतालले आज २ सय १२ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।


अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन श्रेष्ठका अनुसार प्रयोगशाला परीक्षणमा २० प्रतिशतको छुट दिईएको थियो । प्रत्येक महिनाको १ गते ओपिडि सेवा निःशुल्क हुने भएपछि ग्रामीण क्षेत्रबाट समेत ठूलो संख्यामा बिरामीहरु आउने गरेका छन् ।
उक्त अस्पतालले ट्रमा केयर सुविधा,आईसीयू,सिटी स्क्यान,एक्सरे,अत्याधुनिक ल्याब एम्बुलेन्स सेवा उपलव्ध गराउँदै आएको छ ।
अस्पताल स्वास्थ्य कार्ड लिएका बिरामीहरुलाई भने सबै दिनमा २० प्रतिशत छुटमा उपचार गर्दै आएको छ । यो कार्यक्रम निरन्तर रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ सेवामा हाडजोर्नीका जटिल रोग, जोर्नी प्रत्यारोपण, मेरुदण्ड र नशा रोग, न्यूरो सर्जरी, कार्डियोलोजी, प्रसुति, शिशु, छाला तथा यौनरोग, नाककान घाँटी, मानसिक रोगलगायतका रोगका बिरामिहरुले स्वास्थ्य परिक्षण गराएको अस्पतालका सञ्चालक ध्रुव काफ्लेले बताए ।
अस्पतालमा हाल ५० शैया सञ्चालित छ । शैया विस्तार गरी एक सय शैया पु¥याउने अन्तिम तयारीमा रहेको प्रमुख कार्यकारी अधिकृत अमृतकुमार मास्केले बताए । जिल्लाका निजी अस्पतालमध्ये मनकामना उत्कृष्टमा अस्पतालहरुमा पर्ने गर्दछ । अस्पतालले आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिंदै आएको छ ।