ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी फेयर ५ सय बढी विद्यार्थी सहभागी, १६ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

चितवन, साउन ३१ । चितवनमा शैक्षिक परार्मश संस्थाले ग्लोबल रिच प्रालिले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
छात्रवृत्ति वितरण कार्यक्रम तथा अष्ट्रेलियन युनिभर्सिटी फेयर कार्यक्रम मार्फत ग्लोबल रिचले सो अवसरमा शरदपुर मावि, नारायणी मावि, नेपाल मावि, प्रमवस्ती मावि, भीमोदय मावि, विवप्रकाश मावि र निमावि विद्यालयका गरि १६ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो ।
जिल्ला सदमुकाम भरतपुर रिर्सोटमा आयोजित एक समारोहका विच भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपमेयर पार्वती शाह र ग्लोबल रिचका प्रबन्ध निर्देशक रवि लोचन सिंहले संयुक्त रुपमा १६ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरेका थिए ।
ग्लोबल रिच शिक्षा का्ष अन्र्तगत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत चितवनको विभिन्न सामुदायिक विद्यालयमा पढ्ने १६ जना छात्रछात्रालाई ग्लोबल रिचले मंगलबार छात्रवृत्ति प्रदान गरेको ग्लोबल रिच नेपाल चितवन शाखाका प्रमुख सुरेश पौडेलले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी भरतपुरकी मेयर रेणु दाहालले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नु प्रशंसनीय काम भएको बताइन् ।
पछिल्लो समय अष्ट्रेलिया जाने विद्यार्थीहरुको चाप बढिरहेको बेलामा उनीहरुले दुख नपाउने गरि पठाउनु हाम्रो दायित्व भएको दाहालको भनाइ छ । विद्याथर्बीहरु विदेश अध्ययनको लागि जाने भएपनि अध्ययन पूरा भएपछि उनीहरुलाई स्वदेशमा नै आकर्षित हुने कार्यक्रम ल्याउन राज्यले पहल गर्नुपर्ने दाहालले बताइन् ।


उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, कृषि तथा वन विश्वविद्यालयका उप कुलपति प्राडा ईश्वरी प्रसाद ढकाल, अभिभावकको तर्फबाट कृष्णप्रसाद भट्टलगायतले मन्तव्य राखेका थिए । ग्लोबल रिचका प्रबन्ध निर्देशक रवि लोचन सिंहको अध्यक्षतामा भएको कार्यक्रममा ग्लोबल रिचका नेपाल प्रमुख नारायण बजाजले स्वागत मन्तव्य राखेका थिए ।
यसैबीच, ग्लोबल रिच नेपाल चितवन शाखाको आयोजनामा होटल गार्डेन रिर्सोटमा अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुको सहभागी गराई अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेशन फेयर गरेकोछ ।


यस पटकको फेयरमा अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम सहभागी भई विद्यार्थीहरुलाई जानकारी दिएका छन् ।
फेयरबाट ५ सय ५० बढी विद्यार्थीहरु लाभान्वीत भएको उनले बताए ।
सो अवसरमा फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।


फेयरबाट विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्ति लगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढएकाले उनीहरुले भालि पढन गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहेको उनका भनाई छ ।

उक्त विश्वविद्यालय फेयरमा नेपाल एसविआई बैक, लक्ष्मी बैक, सानिमा बैक र एनआईसी एसिया बैकले छुटै स्टल राखि विद्यार्थीहरु विदेश जानको लागि चाहिने लोनको प्रकृयाको बारेमा जानकारी दिएको छ । अष्ट्रेलियन युनिभर्सिटी फेयरमा अष्ट्रेलियाका १४ वटा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।