सेनाका जवानबीच विवाद हुँदा पोखरामा गोली चल्यो, एक जनाको मृत्यु

कास्की, ३१ साउन। पोखरामा एक सैनिकले गोली हानेर सहकर्मीको हत्या गरेका छन् । मंगलबार बिहान साढे ४ बजे पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले  सहकर्मी गणेश बिष्टलाई गोली हानेका हुन् ।

दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सात राउण्ड मध्ये बिष्टलाई चारवटा गोली लागेको थियो ।

कोखामा गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण लोहारले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।