पहिराले पोखरा, चितवन र काठमाडौँ सडक यातायात पूर्ण रुपमा ठप्प (भिडियो)

चितवन, २९ साउन । काठमाडौँको लाइफलाईनसगँ जोडिएको नारायणगढ–मुलिन, मुग्लिन–काठमाडौँ सडक विभिन्न ठाउँमा गएको पहिरोका कारण अवरुद्ध बनेको छ । जसको कारण काठमाडौँसगँ पोखरा, चितवनबाट हुने यातायातको पहुँच ठप्प भएको छ ।

यात्रुहरु यतिवेला अलपत्र बनेको अवस्था छ । भने पोखराबाट काठमाडौँका लागि आएका सवारी साधन समेत मुग्लिन पारि तिर रोकिएको छ ।
नारायणगढ–मुग्लिन सडकको कालिखोला, सेती दोभान, चारकिलो र नौकिलोमा पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए । भने मुग्लिन–काठमाडौँ सडक खण्डको ईच्छाकामना गाउपालिकाको फिस्लिङ्गमा पहिरो झर्ने क्रम नरोकिदा सो सडक समेत अवरुद्ध छ । यो ठाउँ हिजो दिउसोदेखि नै पहिरो झरिरहेको थियो ।