भरतपुर १९ मा छाता ओटेर मतदान गर्न आए मतदाता (हेरौँ ५ फोटो)

राजेन्द्र आचार्य
चितवन, २० साउन । निकै चासो र चर्चामा रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्न मतदाता छाता ओडेर आएका छन् ।


बर्षाको बाबजुत यहाँ मतदाताहरु बिहान ६ बजेदेखि नै लाईनमा वसेर मतदान गर्न आतुर देखिएका थिए । लगातारको वर्षा भएपनि मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ । वर्षाले पुनः मतदानलाई निकै नै प्रभावित पारिरहको छ ।


चितवनमा निरन्तरको वर्षातका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरि मतदान गराईएका सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए । वर्षातका कारण मुग्लिन नारायणगढ सडकखण्डको पहिरोका कारण कतिपय मतदाता समेत बीच बाटामै अलपत्रमा समेत रहेका छन् ।

मतदानका लागि उपसचिव स्तरका ६ जनालाई मतदान अधिकृतमा खटाइएको मतदान केन्द्रमा मतदान अधिकृतसहित ३६ कर्मचारीले मतदान गराईरहका छन् । उनले पुनः मतदानमा निर्धक्क भएर मतदान गरिरहेको समेत दावी गरे । भरतपुर १९ मा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेका छन् । तस्वीर : सुरेश बास्तोला