प्रचण्डको नेतृत्वमा प्रधान सेवामा

चितवन, साउन १७ । प्रधान सेवा समिति चितवनको अध्यक्षमा प्रचण्डलाल प्रधान निर्बिरोध निर्बाचित हुनुभएको छ ।
नारायणगढ़मा सम्पन्न संस्थाको छैठो साधारण सभाले प्रधानलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

सभाले ९ जना कार्य समिति सदस्य समेत चयन गरेको छ । समितीका सदस्यमा सहन प्रधान, मनोज प्रधान, दीपक प्रधान, नारायण प्रधान र राजु प्रधान रहेका छन् ।

यसै गरी अन्य सदस्यमा रसिक प्रधान, रवि प्रधान, सुभेक्षा प्रधान, सकुन्तला प्रधान रहेका छन् ।
साधारण सभाको अबसरमा समाजसेवी गौरी देवी प्रधानलाई सम्मान गरीएको निबर्तमान अध्यक्ष देसीराम प्रधानले जानकारी दिए ।
सभामा संस्थाका सल्लाहाकार महेन्द्रलाल प्रधान, प्रधान गुठीका प्रमुख नायो जवाहरलाल प्रधानले प्रधान कुलको बारेमा प्रकाश पारेका थिए ।