चितवनको भण्डारामा नेपाल बैंक

चितवन १६ साउन । नेपाल बैंकले चितवनको भण्डारामा शाखा पुनःस्थापना गरेको छ ।

सशस्त्र संघर्षका कारण ५ चैत ०५९ देखि बन्द भएको बैंकको शाखा १५ वर्षपछि पुनःस्थापना गरिएको हो । बैंकको १ सय ३२आैं शाखाको स्थानीय ग्राहक गीता राईले महिला बचत खाता खालेर सुरुवात गरेकी हुन् ।

सो समारोहमा शाखा प्रबन्धक हिमाल गिरीलगायत स्थानीय व्यापारी उद्यमी तथा सर्वसाधारणको उपस्थिति थियो ।