देवी भन्छन् : फैसला मान्दिन भन्न मिल्दैन्, चित्त बुझेको छैन्, न्यायोचित भएन्

 

 

चितवन, १५ साउन । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरको मेयर पदका उमेदवार बनेका देवी ज्ञवालीले जनता नै ठूलो अदालत भएकोले जनताले नै फैसला गर्ने बताएका छन् ।
अदालतको फैसला मान्दिन भन्न मिल्दैन्, चित्त बुझेको छैन्, न्यायोचित भएन् ।
उनले चोरलाई चौतारी र साधुलाई सुली चढाउने प्रवृत्तिको जनताले फैसला गरेर छाड्ने दावी गरे ।


न्यायलय भित्र राजकीय हस्तक्षेप जारी रहेको भन्दै जनमतले त्यसलाई अस्वीकार गर्ने टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतले भरतपुर महानगरको १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गर्नु मतपत्र च्यात्ने कदमको बैधानिकता दिएको ठहर गर्दै जनताले त्यसलाई सच्याउनुपर्ने बताएका हुन् ।

सौराहा अनलाईनको संक्षिप्त कुराकानीमा उनले भने, “मतपत्र च्यात्नेकै पक्षमा सर्वोच्चले फैसला गर्नु दुःखद् छ । जनता त्यो निर्णयलाई मान्ने पक्षमा छैनन् । एमालेको पक्षमा मतदान गरेर अदालतको निर्णय सच्च्याउने छन् ।”

उनले अदालतको फैसला एमालेको पक्षमा नरहे पनि निर्वाचनको परिणाम एमालेको पोल्टामा पर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले गलत नजिर बसिसकेकाले मत्रपत्रको सुरक्षाको विशेष बन्दोवस्त मिलाउन निर्वाचन आयोग समक्षक अनुरोध गरे ।