पशु शिविरमा ३ सय पशुपक्षिं लाभान्वित

 

चितवन, २५ असार । जिल्ला पशुसेवा कार्यालय पटिहानी पशुसेवा केन्द्र र ब्रम्हपुरी डेरीको आयोजनामा ब्रम्हपुरीमा १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यालयको नियमित कार्यक्रम अन्र्तगत किसानहरुको पशुहरुको उपचार गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ ।


शिविरमा १०० किसानको ३०० पशुको उपचार गरिएको पशुसेवा कार्यालय चितवनका पशु चिकित्सक अर्जुन प्रसाद थपलियाले बताउनु भयो ।
शिविरमा गाई भैसि बाख्रा बंगुर पाडा लगायतको परिक्षण गरिएको बताईएको छ । शिविररमा पशुको थुनेलो, बाझोपन, उल्टिने समस्या,सुनिएको अप्रेसन,जुकाको परिक्षण लगाएत गोवर र पिसाव जाच गरी औसधी प्रदान गरिएको थपलियाले बताउनु भयो ।
शिबिरमा ल्याईएका पशुहरु मध्य अधिकाम्सलाई नाम्ले जुका र बाझोपनको समस्या देखिएको उहा बताउनु हुन्छ । सिबिरमा पटिहानी पसुसेवा केन्द्रका प्रमुख कृष्ण प्रसाद रिणी लगाएत अन्य ५ प्राबिधिकले पशुको उपचार गरेको उहा बताउनु हुन्छ ।
शिविरबाट किसानहरुले निशुल्क उपचार पाउने हुदा कार्यालयले बेला बेलामा गाउमै पुगी निशुल्क शिबिर गर्ने गरेको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लि राम सेडाईले बताउनु भयो