सार्वजनिक स्थलमा जातिय भेदभाव नगरौँ

 

सृजना अर्याल
चितवन, २५ असार । व्यवस्थापिका सांसद सदस्य विष्णुमायाँ परियारले सार्वजनिक स्थलमा जातिय भेदभाव गर्न नहुने बताउनु भयो । मानि जन्मदा लिएर आएको दुई जात हो त्यो भनेको महिला र पुरुष रहेकोले अवको समयमा समाजमा जातियभेदभाव अन्त्य गर्नु आवश्यक रहेको बताउनु भयो ।


लोक कल्यण सेवा प्रतिष्ठान द्धारा संञ्चालित श्रीराम जानकी वालिकाआश्रम गार्गि कन्या गुरुकुल र भरतपुर दुर्गा मन्दीरको आयोजनामा आयोजित श्रीमत देवि भागवतको समापन समारोहमा वोल्दै परियारले यस्तो बताउनु भएको हो । बालिका आश्रममा समाबेशि वालीकाहरुको संरक्षण गरिएकोमा खुशि व्यक्त गर्दै समाजमा समानता कायम गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो । वच्चा जन्मदाँ देखिनै हुने भेदभावको अन्त्य गर्दै समाजलाई नवयुग तर्फ लैजानु पर्ने परियारले बताउनु भयो ।
प्रतिष्ठानी अध्यक्ष सावित्रि टण्डनको अध्यक्षतामा संञ्चालीत सो महायज्ञमा नेपालको कान्छि भागवत वाचक उमा महेश्वरीले प्रमुख वाचक रहनु भएको थियो । असार १६ गते देखि आयोजित महायज्ञमा १ लाख ५५ हजार रुपैंया संकलन भएको थियो । आज अन्तिम दिन आश्रमका वालीकाहरु भजनकृर्तन समेत गरेका थिए। सो अवसरमा यमुना आचार्य र रामेश्वर खनालले समेत वोल्नु भएको थियो ।