चुम्लीङमा बस दुर्घटना हुँदा २ को मृत्यु ६ घाइते

 

चितवन, असार २० । काठमाण्डौ बाट धनगढी जादै गरेको ना ६ ख २४६८ नम्बरको बस पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ३, चुम्लिङ्गटारमा दुर्घटना भएको छ । राति २ बजे भएको उत्त दुर्घटनामा २ जनाको मृत्यु ६ घाइते भएका छन् ।

दुर्घटनामा राजकुमार चौधरी र उन्का १ महिनाको छोरीको मृत्यु भएको र उनीहरुको ठेगाना नखुलेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार गण्डकी मेडिकल कलेज पोखरा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिमसिम पानी परेको कारण बस चिप्लिएर अनियन्त्रीत भई नालामा खसेर दुर्घटना भएको हुनसक्ने बताएका छन् ।