प्रकोप न्यूनीकरण गर्र्न चितवनमा सात वटा कलस्टरहरु निर्माण गरिने

 

 

चितवन, असार १५ । प्रकोपको कारण हुने क्षति न्यूनीकरणको लागि चितवनमा विभिन्न सात वटा कलस्टरहरु निर्माण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको मनसुन पूर्वतयारी बैठकले चितवनमा आठ वटा कलस्टर निर्माण गर्ने निर्णय गरेको हो ।

बुधबार भरतपुरमा बसेको बैठकले विपद् व्यवस्थानको लागि चाहिने सबै सामग्रीहरु सातै वटा कलस्टरमा राख्ने र विपद् भएको ठाउँमा तत्काल पु¥याउनुपर्ने निर्णय गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले चितवनका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेकोले यसको न्यूनीकरणको लागि सचेत हुनुपर्ने निर्णय गरेको छ । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विपद् व्यवस्थापनको लागि सवारी साधन परिचालन गर्न तयारी साथ राख्नुपर्ने र सबै साधनलाई स्वचालित पद्धतीमा लैजानुपर्नेमा जोड दिए ।

त्यसैगरी, नारायगढल मुग्लिङ सडक खण्डका कारण जोखिम धेरै बढेकोले यात्रुहरुलाई सावधानी अपनाउन र रातिको समयमा तथा पानी परेको बेलामा सवारी चलाउन नहुनेमा बैठकले जोड दिएको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर नारायण वनले मुग्लिङ नारायणगढ सडक खण्डको कारण चितवनको पर्यटन व्यवसाय नै धराशायी बन्दै गएको बताए । यस सडकको विकल्प तत्काल खोज्नुपर्ने तथा भरतपुर पोखरा समेत सिधा हवाई उठान गर्नुपर्नेमा वनले जोड दिए । चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले गत वर्ष बाढीले माडी क्षेत्रका माछा पालक किसानहरुलाई क्षति पु¥याएको भन्दै २८ जना किसानलाई दामासायीले दुई लाख रुपैयाँ वितरण गर्ने जनाए ।