कुमरोजमा सुत्केरी गैडा जुधेर र २ महिने गैडा गोहीको आक्रमणबाट म¥यो

राजेन्द्र आचार्य
चितवन, १२ असार । चितवनमा एक सुत्केरी माउ गैडा मरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको कंक्रिट टावर नजिक गैडा मृत अवस्थामा आज बिहान ८ बजे फेला परेको कुमरोजका स्थानिय संरक्षणकर्मी ईश्वरीराज पाठकले जानकारी दिए ।


मृत भेटिएको गैडा भाले लाग्न खोज्दा मरेको अनुमान गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवंम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।
३० बर्षको पोथी गैडा मरेको गैडाको निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैरेले पोष्र्टमार्टम गरि खाग तथा खुर सुरक्षित रहेको उनले बताए । सो पोष्र्टमार्टम गर्दा गन्र्दनका दुई गैडा जुधेर घाईते भएको देखिएको निकुञ्जको भनाई छ । गैडाको पोष्र्टमार्टम गरि खाल्डो खनेर गाडिएको छ ।
दुई महिना अघि सुत्केरी भएकी यसै गैडाको २ महिने बच्चा ५ दिन अगाडी मात्रै खोला तर्ने क्रममा गोहीको आक्रमणबाट मुत्यु समेत भएको अधिकृत अर्यालले जानकारी दिए । निकुञ्जमा यसै अर्थिक बर्षमा मात्रै एक चोरी शिकारी, एक करेन्ट, एक जुधेरसहित २२ वटा गैडा कालगतिका कारण मरेको उनले बताए । निकुञ्जका पछिल्लो समयमा गरिएको गणना अनुसार ६ सय ५ वटा गैडा रहेका छन् ।