चिकित्सकोमा आउने ३० देखि ४० प्रतिशत विरामीहरुमा मुटु तथा फोक्सो रोग/ डा. श्यामराजको नेतृत्वमा गठन भो राष्ट्रिय मुटु तथा फोक्सो समाज

राजेन्द्र आचार्य
चितवन, ७ असार । विशेषज्ञ चिकित्सकको आउने ३० देखि ४० प्रतिशत विरामीहरुमा मुटु तथा फोक्सोका रोगी रहेको पाईएको छ ।
मुटु तथा फोक्सो रोग सम्बन्धी काम गर्ने चिकित्सकहरुले स्थापना गरेको राष्ट्रिय मुटु तथा फोक्सो समाजले गरेको पत्रकार सम्मेलनमा विशेष विशेषज्ञ चिकित्सकहरुले यस्तो जानकारी दिएका हुन् ।


परिर्वतीत विलासी जिवनशैली, खानपानमा ध्यान नदिनु र व्यायाममा ध्यान नदिन यस्ता विरामीहरु बढेको उनीहरुको भनाई थियो ।
उनीहरुले विश्वमा नै मुटु रोग पहिलो र चौथो रोगका रुपमा रहेको फोक्सो रोगका बारेमा जनचेतना फैलाउने र चिकित्सकहरुलाई थप अपग्रेड गराउन राष्ट्रिय मुटु तथा फोक्सो समाज पहिलो पटक मोफसलको चितवनमा स्थापना गरेको बताए ।
बरिष्ठ प्रोफेसर डाक्टर श्यामराज रेग्मीको अध्यक्षतामा ७ सदस्ययी नयाँ कार्य समिति गठ गरेको समाजले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
जसको सचिवमा डा.कौशल किशोर तिवारी, कोषध्यक्षमा डा. शंकर लौडारी र सदस्यहरुमा डा. मणिप्रसाद गौतम, डा.सुधिर रेग्मी, डा. सचिन ढुङ्गेल र डा. मधु गुप्ता रहेका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष डाक्टर श्यामराज रेग्मीले चिकित्सककोमा आउने ४० देखि ४५ बर्ष उमेर समुहमा मुटु, उच्च रक्तचाप, फोक्सको समस्या आएको बताए ।
हामी कहाँ आएका ३० देखि ४० प्रतिशतमा यि समस्या बढी देखिएको हो उनले भने । अझै फिजिसियन देखि मेडिकल सम्म आउनेको तथ्याङ्गक हेर्न हो भने यो समस्या अझै बढी हुने अनुमान छ ।
उनले नियमित व्ययाम, सूर्तीजन्य पदार्थको सेवनमा पूर्ण रुपमा प्रतिवन्द र खान पानमा खाले मात्रै गरे यो रोगबाट बच्न सकिने बताए ।
सो अवसरमा बोल्दै समाजका सचिव डा. कौशल किशोर तिवारीले मुटु तथा फोक्सोका रोगीहरुको वृद्धि हुने नदिनेसगैँ जनचेतना फैलाउन र चिकित्सकहरुको अपग्रेड गर्न समाज स्थापना गरेको प्रष्ट पारे ।

उनले भने स्वास्थ्य सेवाको पहुंच नपुगेको ठाउंमा जनचेतनामुलक कार्यक्रम संगसंगै स्वास्थ्य शिविर सञ्चालन गर्नेछौँ ।
रोग र रोगीहरुको पहिचान गरि उचित स्वास्थ्य सेवा समेत प्रदान गर्ने समाजको उद्देशय समेत कोषध्यक्ष डा. शंकर लौडारीले बताए । रोगीहरु विच खोज र अनुसन्धान गरि मुटु तथा फोक्सो रोगहरुका उपचार बारेमा संशोधन गर्ने प्रस्ताव देशको प्रमुख निकाय सम्म पू¥याउन समन्वय गर्ने समाजको लक्ष्य रहेको छ । खोज र अनुसन्धानबाट भेटिएका तथ्यहरु सम्बन्धित निकाय तथा जनमानसमा पु¥याउने काम पनि समाजले गर्ने छ । ६ महिना पछि देशैभर शाखा विस्तार गरि नयाँ समिति चयन गर्न तिवारीको भनाई थियो ।