विद्युत्को पोलमा लुट मच्चाउदै केवल / चित्रवन युनिक केवल र एनसेलले मात्रै तिर्छन् सेवा शुल्क

प्रकाश सिग्देल
चितवन, ५ असार । विद्युत्को पोलहरुमा तारको व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र कुरुप बन्दै गएको छ ।
नेपाल विद्युत् प्राधिकरणले तार तानेको पोलहरुमा विभिन्न ईन्टरनेट प्रदायक संघ–संस्थाहरुले अन्दाधुन्द तार टाग्न थालेपछि ति पोलहरु क्षमता भन्दा बढि लोडका कारण भाचिने अवस्थामा पुगेका छन् । साथै दुर्घटनामा समेत बढेको छ ।


चितवन तथा नवलपरसीका बजार क्षेत्रका पोलहरुमा विजुलीको तार भन्दा बढि अन्य केवुल ईन्टरनेटका तारहरु देख्न सकिन्छ ।
जसले गर्दा पोलको सोभनियता नै घटेकोसगैँ पोल भाचिने र बागिंदाँ दुर्घटनाको जोखिम समेत बढेको स्थानिय दिपक श्रेष्ठले बताए ।
चितवनमा आधा दर्जन भन्दा बढि केबुल तथा ईन्टरनेट प्रदायक संस्था हरुले त्यही विद्युत्को केवलमा तार टागेका छन् ।्
चितवनमा चित्रवन युनिक केवल र एनसेल बाहेक अन्यले विना सम्झौता विद्युत्को पोलहरुप्रयोग गरी अप्टिकल फाईबर तथा अन्य तारहरु तानेको विद्युत् प्रधिकरण भरतपुरका ईन्जिनियर राजेन्द्र पौडेलले बताए ।
चित्रवन युनिक केवल र एनसेलसंग पर किलोमिटर सेवा शुल्क लिएको र बाँकीले अहिले सम्म कुनै पनि रकम नदिएकाले उनीहरुको रेकर्ड खोजी उनीहरुलाई कारबाही गरिने तयारी भएको बताए ।
यसरी अन्दाधुन्द विद्युत्को पोलमा तारतान्दा विद्युत् मर्मत तथा जडानका लागि पोलमा चढन कठिन हुने, पोलमा ओभरलोडका कारण चाडो भाचिने र बागिंने समस्या हुने र धेरै तारका कारण कुरुप देखिने हुदा यसलाई बेलैमा समस्या समाधानका लागी प्राधिकरणले अभियान थाल्ने उनले बताए ।
विद्युत् कार्यालय संग सम्झौता विना तार तान्ने सबै ईन्टरनेट तथा केवल च्यानलहरुलाई तत्कालै प्रक्रियामा ल्याईने विद्युत् कार्यालयले जनाएको छ । साथै ती तारहरु तत्कालै काट्ने उनले दावी गरे ।