क्षेत्रीय पानी परीक्षण प्रयोगशाला अत्याधुनिक सेवासहित पूर्ण रुपमा सञ्चालनमा/ २३ प्रकारको पानी परिक्षणमा गराउन प्रचारप्रसार कार्य तीव्र

राजेन्द्र आचार्य
चितवन, ५ असार । चितवनमा स्थापना भएको क्षेत्रीय पानी परीक्षण प्रयोगशाला अत्याधुनिक सेवासहित पूर्ण रुपमा सञ्चालनमा आएको छ । प्रयोगशालामा यतिवेला पानी रहेको धातु परिक्षण गर्ने अत्याधुनिक एटोमिक एब्जबर्सन स्पेक्ट्रोमिटर मेसिन भित्रिएसगैँ केमिस्ट, एसिस्टेन्ट केमिस्ट, मेकानिक्स र जुनिएर मेकानिक्स कर्मचारीहरु आएसगैँ पूर्ण रुपमा सञ्चालनमा आएको हो । सन् २०१४ मा स्थापना भएपनि दक्ष जनशक्ति, उपकरण र रसायनहरुको अभावका पूर्णमा सञ्चालन आउन सकेको थिएन् ।


खानेनेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुर भवनको पश्चिमतर्फ रहेको प्रयोगशालामा मध्यमाञ्चल क्षेत्रीका १९ जिल्लाका खानेपानी आयोजनाका मात्रै होइन, सर्वसाधारणले ल्याउने नमुना परीक्षण गर्न पाउने सुविधा रहेको प्रोगशालाका प्रमुख एवंम् केमेष्टिक योगेन्द्र नारायण देवले बताए ।
विगतमा १९ जिल्लाका खानेपानी आयोजनाहरुको पानीको गुणस्तर मापन गर्ने र सर्वसाधरणहरुले पनि सहजरुपमा पानी परीक्षण गर्न सक्ने गरी कार्यालय स्थापना भएपनि विगतमा जनशक्ति नहुदाँ यहाँ समस्या थियो खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका प्रमुख शालिग्राम पौडेलले भने । अब जनशक्तिसगैँ हामीले सबैभन्दा धेरै ग्राहकवर्गहरुलाई सेवा दिन पाएका छौँ ।
जीवनोपयोगी रहेको पानी शुद्ध देखिएपनि पिउनयोग्य छ÷छैन भनेर परीक्षण गराउन अनिवार्य हुन्छ । जनशक्ति आएसगैँ कार्यालयले २३ प्रकार परिक्षण गरिहेको केमेष्टिक देवको भनाई छ ।
प्रयोगशालामा आउने पानीमा दिसामा हुने कोलिफर्म जस्ता किटाणुहरु छ या छैनन् भन्ने हेर्न आउने पनि धेरै नै छन् । दिसामा हुने किटाणुहरुले टाइफाइड, जण्डिस, झाडावान्ता जस्ता स्वास्थ्य समस्या आउँछ । ‘त्यसैले दिसामा हुने किटाणुहरु छन् या छैनन् भन्ने चासो दिएर आउनेहरु पनि छन् केमस्ट्री देवले भने ।
पानीमा हुने भौतिक, रासायनिक र जैविक अवस्था परीक्षण गरेर गुणस्तरीय छ या छैन भन्ने निक्र्यौल गरिन्छ । कुन तत्व परीक्षण गर्न खोजेको हो त्यहीअनुसारको शुल्क तिर्नु पर्ने हुन्छ ।
परीक्षणका लागि नमुना ल्याउँदा प्रयोगशालाका प्राविधिकहरुसँग विशेष सरसल्लाह गरेर सुरक्षित तवरमा खानेपानी ल्याउनुपर्ने हुन्छ ।
कसरी पानी ल्याउने हो त्यो कुरा आफूहरुले सिकाउने गरेको केमिस्ट देवले बताए । नमुना सुरक्षित तवरमा नल्याए समस्या हुने गर्छ । सोचे जति सर्वसाधारणहरु अझै नआएको देवको अनुभव छसर्वसाधारणले परीक्षण गर्न आउंदा निश्चित रकम भने तिर्नुपर्ने हुन्छ ।
आर्सेनिक जस्ता रासायनिक तत्व परीक्षण गरेको ३५० रुपैयां सम्म तिर्नुपर्दछ । त्यस्तै पानीमा फलाम र व्याक्टेरियाको परीक्षण गर्दा २५० रुपैयां सम्म तिर्नुपर्ने हुन्छ ।
डिभिजन कार्यालयका प्रमुख पौडेलले पानीको नमुना लिएर आएमा खान मिल्ने या नमिल्ने के छ परीक्षण गर्न मिल्ने बताए । प्रचारप्रसारलाई तीव्र पारेर आफुहरु पानी परिक्षण गराउन जनतामा जनचेतना जगाउने खालको कार्यक्रम सुरु गर्ने खानेपानी कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना नै प्रकाशित गरि प्रचारप्रसारलाई तीव्र पारेको कार्यालयका प्रमुख पौडेलको भनाई छ ।