समृद्धि  ट्रेनिङ सेन्टरमा सिभि लेखन तथा जब हन्टिङ्ग कार्यशाला 

 

चितवन असार ५  । चितवनको रत्ननगर १०मा रहेको समृद्धि कन्सल्टिङ्ग एन्ड ट्रेनिङ सेन्टरले एक दिवसीय नि:शुल्क सिभि लेखन तथा जब हन्टिङ्ग बिषयक कार्यशाला गोष्ठी शनिबार रत्ननगरमा सम्पन्न गरेको छ ।

विभिन्न विश्व बिद्यालयमा स्नातक तह अध्यनरत बिद्यार्थीहरुलाई रोजगारी पाउन सहज हुने गरी क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको ट्रेनिङ्ग सेन्टरकी कार्यक्रम व्यवस्थापक समिक्षा अधिकारीले बताउनु भयो।

कार्यक्रममा सहभागिहरुलाई सभि कसरी लेख्ने ? जागिरका लागि दरखास्त कसरी दिने ? कभर लेटर कसरी लेख्ने ? जागिर कसरी खोज्ने ? लगायतका गाजिर पाउन सहज बनाउने अत्यावश्यक जीवन उपयोगी सिपका बारेमा समेत जानकारी प्रदान गरीएको थियो ।

कार्यक्रमको समुद्घाटन सत्रका प्रमुख अतिथि रत्ननगर स्थित क्वेष्ट मोडेल कलेजका प्राचार्य जगदिश शर्मा रहनु भएको थियो । समापन सत्रमा रत्ननगर उद्योग वाणिज्ज संघका पूर्व अध्यक्ष श्री गोपाल कर्मचार्यले सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो।

समुद्घाटन सत्रका प्रमुख अतिथि श्री जगदिश शर्माले गोष्ठी समयको मागमा अधारित बिषय बस्तुमा केन्द्रित रहेको बताउनु भयो । उहाँले जीवनमा सफलता प्राप्तिका निमित्त आफूले आफूलाई राम्रोसँग चिन्न उत्प्रेरित गर्नु भयो । हरेक कुराको प्राप्तिका लागि निरन्तरता चाहिने हुँदा जीवनमा कहिल्यै हार खान नहुने उहाँले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण समृद्धि कन्सल्टिङ्ग एन्ड ट्रेनिङ सेन्टरका संस्थापक चक्रपाणी तिमल्सिना र संस्थाका जीवनवृत्ती विकास बिशेषज्ञ बुद्दिबल मगरातिले गर्नु भएको थियो । सहिद स्मृति सहिद स्मृति बहुमुखि क्याम्पसका उपप्राध्यापक रामहरि भण्डारीले अतिथि बक्ताको रुपमा जीवनमा कसरी सफल हुने ? उदेश्य प्रप्तिका निमित्त अगाडि बढ्ने लगायतका बिषयमा प्रस्तुतीकरण गर्नु भयो ।

संस्थाका संस्थापक चक्रपाणी तिमल्सिनाले आफूहरुले समृद्धि र सकारात्म परिवर्तनलाई सहयोग पुग्न सकोस भनेर जीवनवृत्ती विकासमा सहयोग पुग्ने गरि यो गोष्ठीको आयोजना गरेको बताउदै विद्यार्थीले भविष्यका बारेमा चिन्तन गर्दै क्षमता विकासकामा अझै जोड दिनु पर्ने बताउनु भयो । २०७२ सालमा स्थापना भएको संस्थाले स्थापना कालदेखी हालसम्म चितवन जल्लामा मात्र पाँच सय भन्दा बढी बिद्यार्थीलाई जीवनवृत्तीका विभिन्न बिषयमा क्षमता विकासका निमित्त विभिन्न तालिम,गोष्ठी तथा परामर्श सेवाहरु उपलब्ध गराएको तिमल्सिनाले जानकारी दिनु भयो ।

कार्यक्रममा खैरहनी नगरपालिकामा रहेको सुनगाभा कलेज, रत्ननगर नगरपालिकामा रहेको क्वेष्ट मोडल कलेज, रत्ननगर कलेज, सहिद स्मृति बहुमुखि क्याम्पस तथा भरतपुर महानगरपालिमा रहेको प्रेसिडेन्सी कलेज, सप्तगण्डकी क्याम्पस,बालकुमारी कलेज लगायतका शैक्षिक संस्थाहरुबाट बिबिए,  बिबिएस,  बिएस्सी,  बिए पढ्दै रहेका १६ जनाको सहभागिता रहेको थियो ।

समापन सत्रमा सहभागीका तर्फबाट प्रेसिडेन्सी कलेजका सुजन खड्का र बालकुमारी कलेज नारायणगढकी आस्था श्रेष्ठले आफ्नो धारणा राख्नु भएको थियो । यहाँहरुले यस्ता कार्यक्रम विद्यालयबाट नै शुरुआत गर्नु भर्ने बताउनु हुँदै अहिलेका पुस्तालाई  जीवन उपयोगी व्यबहारीक ज्ञान सिप विकास गर्न सहयोग गर्ने खालका कार्यक्रमहरु अत्यन्त आवस्यक रहेको धारणा राख्नु भयो ।

उहाँहरुले गोष्ठीबाट सिकेका कुरा आफूले व्यबहारमा उतार्दै समृद्धि र सकारात्मक परिवर्तनमा सहयोग पुग्ने गरी अरु समक्ष प्रबाह गर्ने बताउनु भयो ।

रत्ननगर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष गोपाल कर्मचार्यले गोष्ठीबाट सिकेका कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिन भयो। अहिलेको समयमा बजारमा दक्ष जनशक्तिको धेरै माग भएको तर खोजे जस्तो सिपयुक्त जनशक्ति भने बजारले पाउन नसकेको प्रति गुनासो गर्दै कर्मचार्यले सहभागीलाई आआफ्नो अभिरुचीको क्षेत्रमा क्षमता विकासका निमित्त प्राथमिकता प्रदान गर्न आग्रह गर्नु भयो ।

उहाँले दक्ष जनशक्तिको रुपमा आफूलाई उभ्याउन क्रियाशिल हुन समेत आग्रह गर्नु भयो । हामी सबै असल मान्छे बन्न सक्नु पर्ने बताउदै जीवनमा सफल हुनका लागि जीवनको हिसाव किताब राम्रोसँग राख्न सक्ने बन्नु पर्ने सुझाव दिनु भयो ।

उक्त कार्यक्रम समृद्धि कन्सल्टिङ एन्ड ट्रेनिङ सेन्टरको सभाहलमा सम्पन्न भएको थियो ।