रेणुलाई अश्लील शब्दले गाली गर्नेलाई महिला संघ क्रान्तिकारी कार्वाही गर्न माग

चितवन, ४ असार । चितवनको भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहाललाई अश्लील शब्द प्रयोग गरी गाली गर्नेलाई कार्वाही गर्न माग गरिएको छ ।माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीले विज्ञप्ति निकाली यस्तो अश्लील गालिगलौज गर्नेलाई कार्वाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।

क्रान्तिकारीकी अध्यक्ष गीता भट्टराईले विज्ञप्ति निकाली एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका देवि ज्ञवालीका छोरा निरव ज्ञवाली र एस.बी. बोहोरा नामका अर्का एक जनाले फेबुकमा अश्लील शब्द प्रयोग गरी गाली गरेको भन्दै कार्वाही गर्न माग गरेकी छन् ।

सामाजिक संजालहरुमा व्यक्तिगत गाली गलौजमा उत्रने मात्रै नभई अश्लील शब्द प्रयोग गरी सिगों महिला समुदायमाथि नै प्रहार भएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण भएको   संघकी अध्यक्ष संगीता भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै कडा कार्वाही नगरि आफुहरु आन्दोलन जाने समेत चेतावनी दिईन् ।