बोक्सीको आरोप लगाउने तीन पक्राउ

 

राजेन्द्र आचार्य
चितवन, ०२ जेठ । चितवनमा बोक्सीको आरोप लगाउने तीन व्यक्तिलाई पक्राउ गरिएको छ ।
सुगम र शिक्षित जिल्लाका रुपमा परिचित चितवनको भरतपुर महानगरको वडा नंम्बर ११ बस्ने तीन जना व्यक्तिहरुलाई बोक्सा बोक्सी हुन भनि आरोप लगाई समाजमा बेईज्यती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रशरी नयाव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।


यसरी पक्राउ पर्नेमा रतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष ४५ की सीता राई, बर्ष २५ की लालमाया राई र बर्ष २३ को कान्छा राईलाई असार १ गते पक्राउ गरि चितवन जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी बोक्सीको आरोप लगाएको मुद्दामा थप अनुसन्धान कार्य भई रहेको उनले बताए । प्रहरी पिडितको नाम भने खुलाएको छैन् । तीनै जनाले पिडितलाई मानसिक तानवसगैँ समाजिक रुपमा वेईज्जत गरेको भन्दै निजहरुलाई कारवाही गरी पाउँ भनि पिडितहरुले किटानी जाहेर गरेपछि पक्राउ गरि आवश्यक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।