चितवनमा निर्वाचन क्षेत्र विकासे योजनाहरु प्रभावकारी

पुनम गौतम
चितवन, २ असार । निर्वाचन क्षेत्र विकास अन्तर्गतका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन भएको पाईएको छ । चितवन क्षेत्र नम्बर ४ बाट व्यवस्थापिका संसद सदस्य रहनु भएका सांसद रामकृष्ण घिमिरेका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन भएको पाईएको हो । जिल्ला समन्वय समिति चितवन, सांसद र पत्रकारहरुको संयुक्त अनुगमनका क्रममा यस्तो पाईएको हो ।
चितवन क्षेत्रनम्वर ४ मा अधिकांश योजनाहरु सडक मर्मम, उच्च स्तरीय ग्रावेल र कालोपत्रे रहेका छन् । ती योजनाहरु मध्ये अधिकांश योजनाको काम सम्पन्न भई सकेको छ भने बाँकि रहेका केहि योजनाहरु पनि सम्पन्न हुने तयारीमा रहेको पाईएको जिल्ला समन्वय समिति चितवनका योजनाअधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार योजना अनुसारका काम सम्पन्न भई सकेका भए पनि केहि योजनाको काम भने अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयो ।


अनुगमनका क्रममा भरतपुर महानगरपालिका वडा नम्वर ८ मा भेटिनु भएका एक सर्वसाधारण सुकदेब सुवेदी अहिले सडक वन्नाले आफुहरुले धेै कुराको सुविधा पाएको बताए । जनताले पहिलो बिकासको अनुभूति गर्ने माध्यम भनेको सडक संञ्जाल रहेको र यसलाई प्रभावकारी कार्यान्वयनको आबश्यकता रहेको उहाँले बताउनु भयो ।

भरतपुर महानगरपालिका वडा नम्वर ८ मा रहेको बौद्धचोक देखि पूर्व डब्काघोल सम्मको सकड नवन्दा यहाँका जनताले साईकल समेत चलाएर जान नसक्नो अवस्था रहेको थियो । अहिले त्यो समस्या नरहेको अर्का सर्वसाधारण लिलाधर पौडेलले जानकारी दिए ।
सांसदको क्षेत्र बिकास कार्यक्रम अन्तर्गत परेका योजनाहरु जनताको चाहना र अपेक्षा अनुसारका भएकाले समयमानै सफल भएका नेपाली काँग्रेस चितवन क्षेत्रनम्वर ४ का सचिब गोपाल दराईले जानकारी दिनु भयो ।

दराईका अनुसार उपभोक्ता समितिको जिम्मेवारी महिलाले अझै सहजताका साथ निर्वाहा गर्न सक्ने भएका वताउनु भयो । अनुगमनका क्रममा आज समितिले ११ वटा योजनाको अनुगमन निरिक्षण गरेको थियो ।
ती योजनाको अनुगमनका क्रममा स्थानियले अहिले जनताको मर्म अनुसारको काम भएको बताएका थिए । भरतपुर महानगरपालिका वडा नम्वर १८ कि सुस्मा गुरुङ् प्रथामिकताका आधारमा योजना छनोट गर्नुमा सांसद रामकृष्ण घिमिरे सफल भएको भन्दै यस्तै योजनाले जिल्लाको बिकासका लागि सहयोग पुग्ने बताउनु भयो । योजनामा भए अनुसारका कामले महानगरको रिङ्रोड निर्माणमा समेत सहजता ल्याउने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
योजनाहरुको अनुगमन पछि घिमिरेले आफुले पाउने तीन करोड रुपैंयाको सहि ठाउँमा सहि सदुपयोग भएको वताउनु भयो । बिकास निर्माणका लागि सडक संञ्जाल महत्वपूर्ण हुने भन्दै उहाँले आफुले पहिलो प्रथामिकतामा वनेका सडकको मर्मत र त्यसको सुधारलाई महत्व दिएको उहाँले बताउनु भयो ।