क्यान्सर अस्पतालमा आयो एक करोड पर्ने अत्याधुनिक सेल सेप्रेटर (कोषिका छुट्याउने) मेसिन

चितवन, । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक सेल सेप्रेटर (कोषिका छुट्याउने) मेसिन सञ्चालनमा आएको छ । १५ दिन अगाडी नै मेसिन अस्पतालमा आएपनि दक्ष प्राविधिक नहुदाँ भारतबाट प्राविधिक ल्याएर सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले जानकारी दिए । चीन सरकारको आर्थिक सहयोगमा १ करोड बराबरको ‘सेल सेप्रेटर मेसिन’अस्पतालमा आएको हो ।
“हामी यो मेसिन भित्राउदा निकै खुसी छौँ अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भने ब्लड क्यान्सर भएका बिरामीलाई यो प्रविधिमार्फत दिइने उपचार अब सहजता हुने छ । ”


पूर्व कार्यकारी निर्देशक चिनबहादुर (सीबी) पुनको कार्यकालमा चीनबाट आएको टोलीले अस्पतालमा आवश्यक उपकरणबारे जानकारी लिएको थियो । “अब रोग परीक्षण गर्न बाहिर जाने र कुर्नुपर्ने अवस्था हटेको छ”, उनले भने, “प्रयोगशालामा आवश्यक केमिकल तथा उपकरण व्यवस्थापनमा ध्यान दिएका छौं ।” भने जनशक्तिलाई दक्ष जनशक्रिका प्रशिक्षण दिन चीन जाने तयारी भएको छ ।
स्पतालका उपनिर्देशक डा. निर्मल लामिछानेले सेल सेप्रेटर मेसिनले बिरामीमा प्लेटलेट्सको आवश्यक मात्रा तत्काल राख्न सघाउने बताए उनका अनुसार यो प्रविधिले स्वस्थ व्यक्तिबाट रगत झिक्ने र सो रगतलाई मेसिनले आवश्यक कोष छुट्याएर पुनः त्यो रगत स्वस्थ व्यक्तिमै फिर्ता गराउँछ ।
नेपाल सरकारले २०५६ सालमा भित्राएको सेल सेप्रेटर मेसिन २०६२ सालसम्म क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको थियो । हाल जर्मन कम्पनीको उच्चस्तरीय प्रविधि भित्राइएको छ । सर्भिस ईन्जिनियर जिनेश कुमावतले जर्मन कम्पनिको यो प्रविधि पहिलो पटक नेपाल भित्रिएको बताए ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियोलोजी विभागमा बिग्रिएको एक्सरे, एमआरआई मेसिन हाल सञ्चालनमा छन् । सिटिस्क्यान सेवा पनि बिहान र बेलुका सञ्चालनमा छ ।