बल्ल यसरी हटाईयो वीरेन्द्र क्याम्पस आगाडीका सालका दुई रुख ….

चितवन, ३१ जेठ । भरतपुरको बिरेन्द्र क्याम्पस अगाढीको बिच सडकमा रहेका दुईवटा सालका रुखहरु हटाईएको छ । जिल्ला वन कार्यालय र टिम्वर कर्पोरेसनको सहयोगमा जिल्ला टाफिक प्रहरी कार्यालय चितवनले जेसिभिले रुखको फेदै देखी खनेर रुख ढलाएको हो ।
६ लेनको निमार्ण गरीएको सडकको बिचमा रुख परेपछी सडक बिस्तारको काम प्रभाबित वनेको थियो । जिल्ला बनले रुख हटाउने अनुमति नदिएका कारण सडक बिस्तार कार्य समेत रोकिएको थियो । बिगतमा पटक पटक प्रयास गर्दा पनि रुख हटउन नसकिएको र अहिले रुख हरु ढलेर दुघटर्ना बढने खतरा रहेपछी वन बाट अनुमति पाई रुख हटाईएको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताउनु भयो ।
रुख हटाएपछि सडक पुर्ण रुपमा ६ लेनमा सञ्चालन हुने र दुबै किनारामा बटुवाका लागी छुटटै लेन तयार गरीने उहाको भनाई छ । रुखका कारण दुघटना समेत बढने गरेको र अव रुख हटाएपछि दुघटनाको खतरा टरेको उहा बताउनु हुन्छ ।
रुख हटाउन टिम्वर कर्पोरेसन चितवनले प्राबिधिक र जनशंक्ति सहयोग गरेको टिम्वर कर्पोरेसन लिमिटेड चितवनका प्रमुख प्रदिप निरौला बताउनु हुन्छ ।
बिरेन्द्र क्याम्पस भित्रको सालको रुख लडेर केही सवारी साधनमा क्षती भएपछि त्यस्तो खालका खतरा बाट मुक्त बनाउन रुख ढलाईएको उहाको भनाई छ ।